बिहिबार, चैत्र १५, २०८०

धानबाली सुक्न थाले

विराटनगर, २१ असोज । सिँचाइका लागि पानीको अभाव हुँदा सुनसरी–मोरङका अधिकांश धानवाली सुक्ने अवस्थामा पुगेका छन् ।
असोज महिनामा पनि पर्याप्त बर्षा नभएको र नहर सञ्चालकले पानी नछोडेपछि धानवाली सुक्ने अवस्थामा पुगेको हो ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरबाट सुनसरी र मोरङ जिल्लाका ६८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध छन् । असोज महिनामा धानको बाला निस्कने समय हो । यो समयमा पर्याप्त मात्रामा पानी चाहिन्छ, नहरमा पानी नहुँदा किसानहरु चिन्तित बनेका हुन ।
विराटनगर–१६ का किसान बावुनन्दन यादवले नहरले अविलम्ब पानी नदिएमा धानको बाला निस्कन नसक्ने वताउछन् । मूल नहरको मुहानमा पानीको पहुँच हुन नसक्दा नहरमा पानी छोड्न नपाइएको सुनसरी–मोरङ सिँचाइ आयोजना विराटनगरले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज २१, २०७२