शुक्रबार, बैशाख ७, २०८१

डडेल्धुरामा किवी फल्न थाल्यो

dddd

डडेल्धुरा, २० असोज । सुदूरपश्चिमाञ्चालको डडेल्धुरा जिल्लामा व्यवसायिक रुपमा पहिलो पटक शुरु गरिएको किवी खेतीसँगै फल लाग्न थालेपछि सो क्षेत्रका किसानहरु फुरुङ्ग हुन थालेका छन् ।
जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले प्रति किसान १० देखि एक सय बोटसम्मका विरुवा बितरण गरि किवी फलको खेती सुरुवात गरिएको हो । जिल्ला कृषि विकास कार्यालयले नमुनाका रुपमा जिल्लाको दहव्यारेक, दमडा, बगरकोट लगायतका गाउँमा किवि खेती सुरु गरेको जनाएको छ । चाउरीपन हटने, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका लागि महत्वपूर्ण औषधिको रुपमा लिइने किवीफल पहिलो चरणमा जिल्लाभरीमा आठ सय बोट एलिसन र मोण्टो प्रजातीका बिरुवा रोपिएको कार्यालय प्रमुख दिनेसप्रसाद सापकोटाले बताए । हिउँदे फलका रुपमा रहेको किवी खेतीबाट दीर्घकालिनरुपमा आर्थिक उन्नती र अतिरिक्त आयआर्जन गर्नका लागि दोलखाबाट ल्याइएको किवीको बीउ लगाइएको हो ।

प्रकाशित मिति: बुधबार, अशोज २०, २०७२