शुक्रबार, बैशाख ७, २०८१

बन्द हड्तालले कृषकका खसीे बिकेन्न

उदयपुर, १८असोज । हिन्दुधर्मलम्बिको महान पर्व वडा दशैँ नजिकीरहेको समयमा पनि पहाडी क्षेत्रका कृषकले घरमा पालेका खसी खरिद गर्न व्यापारी आएका छैनन । विगतका वर्षमा तीज सुरुहुनु अगाडीदेखि गाँउ गाँउ आउने खसी व्यपारी यस वर्ष बन्द हड्तलाको कारण नआएका हुन ।

संविधान घोषणा भएको दिन असोज ३ गते अगाडीदेखिनै विभन्न समुदाय, राजनीतिक दल, संघस्था लगायतले संविधानकै विरोध गर्दै आव्हान गरेको बन्दका मार सदरमुकामलाई मात्र नपरेर ग्रामिण भेगमा रहेको कृषी क्षेत्रलाई पनि परेको छ । जिल्लाको तावाश्री, लेखानी, मयाँखु हर्देनी, लिम्पाटार, रुपाटार, बर्रे, ईनामे, लेखगाँउ, पञ्चावती, रिस्कु लगायका स्थानीय कृषकले पालेका खसी काठमाण्डौं, विराटनगर, भरत्तपुर लगायतका ठूला सहरमा मासुको लागी पुग्ने गर्दथ्ये ।

बन्दमा लुकीछिपी र प्रहरी स्किटिङ यातयात सञ्चालन भएपनि सखी व्यपारी त्रासको कारणले गर्दा पनि खरिदको लागी गाँउ आउन नसकेको तावाश्रीका स्थानीय खसी पालुवा कृषक मनोज खत्रीले बताए । वर्षेनी खसी बाख्रबाटै तीनचार लाख आम्दामी गरेको बताउने खत्रीले तावाश्री आसपासका तीन÷चार हजारको संख्यामा कृषकले पालेका खसी रहेकोले खसी व्यवसाय नआएकाले चिन्ता थपिएको पनि बताँउछन् । ‘मेरो पेशा कृषी मात्र हो त्यसमा पनि म बाख्रा र खसी पाल्ने काम गर्छु’ खत्रीले भने, अहिले मैले बिक्रिको लागी तयार पारेको १९ वटा खसी बिक्री हुने संकेत छैन ।’ घोषणा भएको संविधानमा असन्तुष्ट पक्षधरले जारी राखेको बन्द हड्तालकै कारण व्यपारी नआउँदा ग्रामिण क्षेत्रका कृषकलाई समेत असर परेको खत्रीको भनाई छ ।

लिम्पाटारका कृषक समूहका अध्यक्ष धुर्वकार्कीले बन्द हड्तालमा ठूलो पुजी लगाएर खसी खरिद गर्दा भोलिहुने भैपरी आउने समस्या कसैले जिम्मा नलिदिने भएकाले खसी व्यापारी नआएको विश्वास व्यक्त गरेका छन् । कार्कीले आफु पनि ठूला खसी व्यपारीसँग मिलेर स्थानीय रुपमा खसी खरिद गर्ने एक प्रकारको एजेण्टै भएको बताउँदै बन्द खुल्यो भने अग्रिम भुक्तानीको लागी पैसा पठाउने जानकारी आएको पनि बातए ।

ग्रमिण क्षेत्रमा कृषकले पालेका खसी गाँउमै काटेर मासु विक्री गर्दा पनि सम्भव नभएकाले व्यपारीनै आउन जरुरी रहेको सोरुङ छविसेका स्थानीय शिक्षक कुमार थापाले बताए । थापाले आधुनिक व्यवसायी खसी पालन क्षेत्रमा नलागेका कृषक भएपनि परम्परागत रुपमा आत्मानिर्भर हुने आम्दामीका रुपमा खर्स खसी÷बाख्रा पाल्ने गरेका छन् । खसी पाल्नैको लागी ठूला फर्म नखोलिएपनि घर खर्च, छोराछोरीको पढाई लगाएतको लागी स्थनीयले स्थानीय जातै खसी पाल्ने थापाको भनाई छ ।

बजारी क्षेत्रमा व्यपक बन्द हड्तालले भएकाले बैदेशिक रोजगारीमा रहेका ग्रमिण क्षेत्रका स्थानीयले पठाएको पैसासम्म गाँउमा नपुग्दा अ‍ैलोपैँचो चलाउन समस्या सिर्जना भएसँगै खसी नबिक्दा ग्रमिण क्षेत्रमै पैसाको अभाव सिर्जना भएको छ । ‘स्थानीयको मुख्य आम्दामीको स्रोत खसी कि त विदेशमा रहेका छोरी हुन’ सिरिसेका स्थानीय दुर्गा मगरले भने, ‘बन्दले खसी पनि बिकेन्न अनि विदेशबाट आएको पैसा पनि निकल्न पाएनन ।’ – बिदुर कटुवाल

प्रकाशित मिति: सोमवार, अशोज १८, २०७२