शनिबार, बैशाख ८, २०८१

अदुवा पहेँलिएपछि चिन्ता

पाँचथर, १८ असोज । आफूले दुख गरेरखेती गरिरहेका पाँचथर जिल्लाका विभिन्न गाविसका कृषकले लगाएको अदुवा पहेँलिएपछि कृषक चिन्तित बनेका छन् ।
पानी बढी परेपछि कृषकले लगाएको अदुवा पहेँलिएर अदुवा कुहिने भएकाले कृषक चिन्तित बनेका हुन् । जिल्लाको दक्षिणी भेग यासोक, रानीगाउँ, स्याब्रुम्बा, नवमीडाँडा, सिवा, सराङडाँडा, पौवासारताप, चोकमागु, नागी, नाँगिनलगायत गाविसमा अदुवा खेती गरिँदै आएको छ ।
सराङडाँडाका कृषक भक्त चौहानले भन्नुभयो, “असोज २ देखि झन्डै दुई साता जति पानी प¥यो, सायद बढी पानी परेकाले अदुवा पहेँलिएको हुन सक्छ ।”
जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले अदुवा पहेँलिँदा रासायनिक विषादी प्रयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमवार, अशोज १८, २०७२