मङ्लबार, बैशाख ११, २०८१

भ्याक्सिन नै रेविज निवारणको अचुक माध्यम

Dr-Premi

डा. केशवप्रसाद प्रेमी
महानिर्देशक
पशु सेवा विभाग

सप्ताहव्यापी रेविज दिवस सम्पन्न भएको छ कसरी लिनु भएको छ ?
० रेविज रोग वास्तवमा नै प्राचिन रोग हो र यो रोग लागि सकेपछि यसबाट बा“च्न सक्ने सम्भावना एकदमै न्यून वा शुन्य नै हुन्छ र अर्को कुरा नेपालको सन्दर्भमा पशु र मानिसको अति धेरै घनिष्टता हुन्छ र त्यसकारण पनि रेविजबाट हामीलाई जहिले पनि खतरा भइनै रहेको हुन्छ । रेविज एउटा प्राण घातक रोग भएकाले मानिस र पशुको सामिप्यता भएकाले पनि यसबाट बच्नका लागि पनि हरेक बर्ष चेतना अभिबृद्धि गर्ने कार्यक्रम अनुरुप विश्वव्यापी रुपमा यो दिवस मनाइएको हो । यसले रेविज रोगको बारेमा जानकारी दिने, रोगबाट बच्नका लागि प्रचार प्रसार एवं जनेचतना अभिबृद्धि गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।
प्राण घातक रोग रेविज न्यूनिकरण गर्नका लागि सरकारले एउटा नीति पनि बनाउन सकेन भन्ने आरोप लागेको छ नि ?
हो रेविजका लागि भनेर अलग्गै नीति नभएको भएपनि अहिले आएर विश्व मानचित्रमा एउटा अवधारणा अगाडि बढी रहेको छ । त्यसलाई वन हेल्थ (एउटा स्वास्थ्य) भन्छौं । मानिसको स्वास्थ्य, पशुको स्वास्थ्य, जंगली जनावरको स्वास्थ्य अलग अलग गरेर हेरिनु हुंदैन र त्यसलाई स्वास्थ्य भनेपछि सवैको एउटै हो र एउटामा लागेको रोग अर्कोमा पनि लाग्न सक्छ भन्ने किसिमले हामीले विश्वमा ‘वन हेल्थ’ भन्ने परिकल्पनामा अगाडि बढिरहेका छौं । यसै सन्भर्दमा कुरा गर्ने हो भने मुख्य रुपमा रेविज लगायत अन्य रोगहरु पनि छन् । सवै रोगहरुलाई सम्वोधन गर्नका लागि अहिले हामीले संयुक्त रुपमा वन हेल्थको नीतिको ड्राफ्ट बनाएका छौं । छिटै तयो स्वीकृत गराउने तयारीमा छौं । त्यो स्वीकृत भएपछि हामीस“ग एउटा ठोस नीति हुने छ ।
० त्यसो भए मानव स्वास्थ्य र पशु स्वास्थ्य एउटै हो भन्ने अभियानले यसलाई परिवर्तन गर्दछ ?
हो त्यही अभियानमा हामी लागेका छौं । वास्तवमा पशुलाई लाग्ने धेरै रोगहरु छन् ती रोगहरु मध्य जनस्वास्थ्यलाई असर गर्ने प्रमुख रोगहरु मध्ये रेविज पनि हो । रेविज रोगको लागि जनस्वास्थ्यको किमिसमले संवेदनशील रोग भएको हुनाले यसलाई पशु विभागको तर्फबाट जंगली जनावर, घर पालुवा जनावरहरुमा लाग्ने रेविज रोग नियन्त्रणको लागि कार्यक्रम पनि चलाई रहेका छौं । मानव स्वास्थ्य र पशु स्वास्थ्य एउटै हो भन्ने बुझाउन सकियो भने धेरै रोगहरु न्यूनिकरण गर्नका लागि मद्दत पुग्दछ भन्नेमा हामी ढुक्क छौं ।
० रेविज रोगको बारेमा सवैलाई थाहा छ तर, त्यसको असरका बारेमा धेरैलाई जानकारी छैन, चेतना छैन भन्ने पनि सुनिन्छ नि ?
यो कुरा जाजय हो । त्यसैले पनि यस्ता दिवसले चेतना अभिबृद्धि गर्न मद्दत गर्दछ । त्यसकारण पनि पशु सेवा विभाग अन्तर्गत जिल्ला पशु सेवा कार्यालयबाट नियमित रुपमा रेविज रोगबारे जनचेतना अभिबृद्धि गर्ने, खोप शिविर कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं । जसले रेविज रोग खतरनाक भए पनि हामीले हाम्रा पशु बस्तुहरुलाई नियमित रुपमा खोप लगायौं भने यो रोग सर्दैन अथवा रोगबाट पशुहरु प्रभावित हुंदैनन् । त्यसैले भ्याक्सिन नै यो रोगको निवारणको अचुक माध्यम हो । जसका कारणले पशु बस्तुहरुलाई रेविजरोगबाट बचाउन सक्छौं । अर्को कुरा मान्छेहरुमा कुकुरबाट मात्र रेविज रोग सर्दछ भन्ने धारणा छ । कारण सवभन्दा बढी कुकुरसंगको हाम्रो घनिष्ट सम्वन्ध रहेकै कारणले हो । तर यो रोग कुकुर बाहेक जंगली जनावर मुसा, बांदर, स्याल र घरमै पालिने विरालोबाट पनि सर्दछ र त्यसकारण सवैलाई रेविजबाट बचाउन समय समयमा खेपा लगाउनु अनिवार्य छ ।

प्रकाशित मिति: आइतवार, अशोज १७, २०७२