शुक्रबार, बैशाख ७, २०८१

आजदेखि काभ्रेमा माटो परिक्षण शुरु

काभ्रे,१७ असोज । गत बर्षदेखि माटो परिक्षणका लागि घुम्ति भ्यान मार्फत किसानकै खेतबारीमै पुगेर कार्य थालनी गरेको माटो ब्यवस्थापन निर्देशनालयले आज आइतबारदेखि जिल्ला कृषि बिकास कार्यालय, काभ्रेको सयूक्त आयोजनामा पुन ः माटो परिक्षण शुरु गर्ने भएको छ । काभ्रे जिल्लाको भकुन्डेबेशीमा सात दिनसम्म अर्थात यहि २०७२ असोज २३ गते सम्म घुम्ती माटो परिक्षण प्रयोगशालाको प्रयोगबाट माटो परिक्षण शिबिर सन्चालन गर्न लागिएको हो ।
उक्त शिबिरमा कृषकको माटो परिक्षण गरि माटोको पि.एच., माटोमा उपलब्ध नाईटूोजन, माटोमा उपलब्ध फस्फोरस, माटोमा उपलब्ध पोटास, प्रागारिक पदार्थ अम्लीय माटोमा कृषि चुन तथा आबश्यक मलखाद शिफारिस गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार १७ गते बेलुका माटो परिक्षण किन ? नमुना सकलन कसरी गर्ने तथा माटोसगं सम्बन्धित फिल्महरु प्रर्दशन गरिने कार्यक्रम रहेको १८ गते बाट २० गतेसम्म माटोका नमुना दर्ता र परिक्षण गरिने र २१ गते बाट २३ गतेसम्म माटो जाँच तथा रिपोर्ट बितरण गरिने कार्यक्रम रहेको छ । सात दिनेसम्म चल्ने उक्त शिबिरमा करिब १०० नमुनाको ५०० वटा भन्दा बढी परिक्षण गरिने माटो व्यवस्थापन निर्देशनालयले जनाएको छ । भारतको पारादिप फस्फेट लिमिटेडबाट गतबर्ष प्राप्त गरेको यो प्रयोगशालाबाट यस आर्थिक बर्ष भित्र २४ स्थानमा परिचालन गरि स्थलगत रुपमानै कृषकहरुलाई प्रयोगशाला सेबा उपलब्ध गराईने कार्यक्रम निर्देशनालयको रहेको छ । तर उक्त भ्यान कृषकको माग बढी भएमा त्यस भन्दा बढी स्थानमा सञ्चालन गर्न सकिने समेत जिल्ला कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, अशोज १७, २०७२