बिहिबार, चैत्र १५, २०८०

नेपाल कृषि अनुसन्धान परिषद्को नियुक्ति प्रति कर्मचारी एशोसिएसनको ध्यानकर्षण

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले हाल लिईरहेको परिक्षाका विषयमा विवाद उत्पन्न भएपछि त्यहाँ कार्यरत निम्न स्तर तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । लोकसेवा आयोगको संलग्नतामा भएको सो परिक्षा लिने र परिक्षा लिएको भोली पल्टै वा केही दिनमा परिक्षाफल प्रकाशित गरी परिषद्ले नियुक्ति दिंदै आईरहेको छ । सोही विषयलाई लिएर नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी एशोसिएनका अध्यक्ष कृष्णचन्द्र उप्रेति र महासचिव वीरन्द्र खड्कद्धारा हस्ताक्षरित विज्ञप्ति जस्ताको त्यस्तै  प्रस्तुत गरिएको छ ।

narc_logo.नेपाल कृषि अनुसन्धान परिषद्को सबैभन्दा जेठो र कर्मचारी हकहित प्रति जिम्मेवार उत्तरदायि पेशागत संगठन ने.कृ.अ.प. कर्मचारी एशोसिएसन हाल परिषद्मा भई रहेको उच्छि«खल र अराजक गतिबिधिहरु एवं अनुत्तरदायि, गैरजिम्मेवार प्रेस बिज्ञप्तिहरु र प्रवृत्तिहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
हालको परिषद् व्यबस्थापन आएपछि केही राम्रा कार्यहरुको थालनी गर्ने प्रयत्न भएको छ भन्ने हामीले महशुस गरेका छौं । परिषद्को व्यबस्थापकीय पदहरुमा सम्बन्धित सेवा समुहको कर्मचारीहरुलाई नियुक्ति गर्ने परिपाटि, पदपूर्ति सम्बन्धि प्रक्रियाहरु लोक सेवा आयोगबाट संचालन र व्यबस्थापन गर्ने परिपाटि केही राम्रा उदाहरण हुन् । परिषद्को ईतिहासमा के आज सम्म १ देखि ९५ वटा बिज्ञापनहरुको ६ महिनाभित्र परीक्षा संचालन तथा आबश्यक प्रक्रिया पूरा गरि सिफारिस भएको थियो ? बिगतमा एउटा बिज्ञापनमा १ जना परीक्षार्थीको परीक्षामा ७, ८ जना कर्मचारीहरु खटिइ परीक्षा संचालन गरिएको सबैलाई बिदितै छ ।
परिषद्को पदपूर्ति गर्ने कार्य लोक सेवा आयोगबाट गरिनुपर्छ भनी रटान गर्ने पेशागत संगठनहरु आज लोक सेवा आयोगबाट सबै प्रक्रिया अबलम्बन गरि गरेको कार्यलाई हचुवाको भरमा गरिएको भन्ने प्रमाणित नभै गैरकानूनी कार्यहरु भन्ने ?
१. हिजोको व्यबस्थापनमा पेशागत संगठनको नेतृत्व लिई पदपूर्ति समितिमा बसी कार्य गर्दा गरिएको परिषद्को पदपूर्ति समितिको खुल्ला तर्पmको बिज्ञापन नं. ४३, २०६९।७० पद÷तह¬(वरिष्ठ वैज्ञानिक क्(घ उप(समुह हर्टिकल्चरमा समावेशी तर्पm लिखित परीक्षामा खुला तर्पm र समावेशी तर्पm गरी २÷२ ठाउँमा लिखित परीक्षा उत्तिर्ण भएका उम्मेदवारलाई अन्तरवार्तामा अनुत्तिर्ण गराई लिखित परीक्षामै अनुत्तिर्ण भएका लाई अंक थपि समाबेशी तर्फ उत्तिर्ण गराईएको होइन ? के त्यो अनियमितता तथा गैर कानूनीकार्य होइन? उक्त तथ्य मिति २०७१÷३÷२२ र २०७०÷९÷२५ को गोरखापत्र दैनिकमा प्रकाशित सूचनाबाटै पुष्टि हुदैन र ? अनि कारबाहिमा परिने डरले पदपूर्ति समितिले दिन नमिल्ने गोप्य कागजात सम्बन्धित नियुक्ति भएको कर्मचारीलाई दिई अदालतमा मुद्दा हाल्न लगाईएको होइन ?
२. बर्तमान व्यबस्थापनले हाल पदपूर्ति समितिबाट परीक्षा सम्बन्धि प्रश्नपत्र निर्माण देखि अन्तिम नतिजा प्रकाशन गर्दा सम्म लोक सेवा आयोगको प्रत्यक्ष संलग्नतामा गरेको भनी हामीले बुझेका छौं । तर बिगत व्यबस्थापनले अनुसन्धान गर्ने वरिष्ठ वैज्ञानिक पद जस्तो सिमित आवेदकहरु हुने पदमा परीक्षा संचालन गर्दा महिना दिन अगाडि

मोडेरेशन गराई प्रश्नपत्र छपाई गरि धाँधली अनियमितता र गैर जिम्मेवारीपूर्ण कार्य गरेका उदाहरण प्रशस्त छन् । होइन भने बैज्ञानिक तर्फ र प्राविधिक तर्पmका टी(५ र टि(४ पदहरुमा जहाँ धेरै संख्यामा आवेदकहरु रहेका थिए ती अधिकांश पदहरुमा एउटा जिल्ला बिशेष र क्षेत्र बिशेषका मात्र सिफारिसमा पर्नु त्यहाँ अनियमितता र भ्रष्टाचार भएको थिएन भन्न सकिन्छ ? आफ्नो कार्यकालमा जस्तो गरेको थियो अरुका कार्यकालमा पनि त्यस्तै भएको छ भन्ने एउटा कल्पना मात्र हो ।
३. परिषद् र अन्तर्गतका कार्यालयहरुको सबै पद तहका रिक्त दरबन्दिहरुमा पदपूर्ति समितिबाट केन्द्रबाट मात्रै पदपूर्ति भयो भन्ने सन्दर्भमा आज सम्मको प्रचलन नै केन्द्रबाटै पदपूर्ति गर्ने हो । जहां सम्म निम्न स्तरको पदपूर्ति गर्ने प्रक्रियाको सन्दर्भमा पदपूर्ति समितिको हरेक कार्यालयहरुमा कार्यालय नभएको तथा लोक सेवा आयोगले प्रतिनिधि राख्न नसक्ने र केन्द्र बाटै प्रक्रिया अवलम्बन गर्दा समाबेशीलाई बढी समेट्न सकिने भएको र कार्यालयगत रुपमा परीक्षा संचालन गर्दा दलित, अपांग र पिछडिएको क्षेत्रलाई कोटा नपर्ने हुदां केन्द्रबाटै लिईएको हो ।
५. बिगतको व्यबस्थापनले पदपूर्ति समितिले मिति २०६९÷८÷८ बिज्ञापन नं. ५९ मुख्य प्रशासकीय अधिकृत ए९ पद÷तहको बढुवा प्रक्रियाको सम्बन्धमा नेपाल सरकार र सम्मानित अदालत समेतबाट अबिलम्ब निर्णय सच्याउन गरेको निर्देशनलाई समेत बिगतको व्यबस्थापनले बेवास्ता गरेको होइन?
६. बर्तमान व्यबस्थापनले प्रश्नपत्र निर्माण,मोडेरेशन, परीक्षा संचालन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता संचालन तथा परीक्षा सम्बन्धि सम्पूर्ण कार्य गर्दा लोक सेवा आयोग, मंत्रालय, बिभागहरु तथा परिषद्मा कार्यरत उपलव्धताको आधारमा निष्पक्षताको लागि दक्षहरु आमन्त्रण गरि पदपूर्ति सम्बन्धि कार्य भएको छ, के त्यो नराम्रो कार्य हो ?
७. जहाँ सम्म अनुभवको अंक दिइएन भन्ने सन्दर्भमा लोक सेवा आयोगको सिद्धान्त अनुसार खुल्ला प्रतिस्पर्धामा अनुभवको अंक राखिदैन भन्ने नीति अनुसार गरिएको हो भन्ने हामीलाई लाग्छ । परीक्षा खुल्ला प्रतिस्पर्धा मान्ने अनि अनुभवको अंक राखिनु के उचित हो ?
८. ज्यामीमा काम गरेका कृषि मजदुरहरुलाई प्राथमितामा राखिएन भन्ने सवालमा लोक सेवा आयोगको सिद्धान्त, नीति अनुसार सबैलाई एउटै बास्केटमा राखि अन्तरबार्तामा सामेल गराईएको हो । परिषद् र अन्तर्गतका कार्यालयहरुमा मौसमी ज्यामीहरु र दैनिक

ज्यालादारीहरु गरी ३२०० ज्यामीहरु छन् । अहिले कार्यरत ज्यामीहरु मध्ये रिक्त पदको करीब ५० प्रतिशत संख्यामा अन्तर्बार्तामा उत्तिर्ण भएका छन् । खुल्ला प्रतिस्पर्धा भन्ने अनि सबै कार्यरत मात्रै उत्तिर्ण हुदां चाहि निष्पक्ष हुन्छ ?
९. बिनियम र पदपूर्ति समितिको कार्यबिधि संशोधनको प्रतिलिपी सर्कुलर भएन भन्ने सन्दर्भमा बिगतमा ४ पटक सम्म संशोधन गर्दाको प्रतिलिपीहरु कहाँ सर्कुलर गरिएको थियो ? हामीले माग्न जाँदा समेत उपलव्ध गराईएन । अहिले सम्मकै सबैभन्दा प्रगतिशिल बिनियम संशोधन प्रस्ताव पेश हुदाँ केही सिमित व्यक्तिहरुको हितका लागि पेशागत संगठन र क्ब्क् को नाममा तुहाईएको होइन ? माथिल्लो पदमा बढुवाको लागि जेष्ठताको अंक गणना गर्दा बहाल रहेको पद भन्दा २ तह मुनिको अंक गणना गर्ने प्रणाली बैज्ञानिक हुन सक्छ ? बैज्ञानिक संस्थामा अबैज्ञानिक बढुवा प्रणाली अपनाउने ? नयाँ नियूक्ति भएका कर्मचारीहरुलाई कहिल्यै उठ्न नदिने प्रणाली राम्रो हो ? अहिलेको बिनियम संशोधनको मुख्य अंश भनेको यही हो भन्ने हामीले बुझेका छौ । यो एशोसिएसन् बर्तमान व्यबस्थापन समक्ष उक्त बिनियम र पदपूर्ति समितिको कार्यबिधिलाई अबिलम्ब सर्कुलर गर्न हुन समेत अनुरोध गर्दछौं ।
१०. परिषद्मा बर्षौदेखि जे जति पदपूर्तिका कार्यहरु भए त्यसमा १५वर्ष देखि कृषि मजदुरको रुपमा कार्यरतहरुलाई स्थायी हुने अवसरबाट बञ्चित गरिएको सन्दर्भमा आज सम्म बर्षौदेखि कृषि मजदुरको रुपमा कार्यरत कृषि मजदुरहरुलाई परिषद्को बिनियम र पदपूर्ति समितिको कार्यबिधि संशोधन गरि स्थायी हुने अवसर प्रदान गर्न कुन व्यबस्थापनले गर्न सकेको थियो ? यसरी कृषि मजदुरलाई स्थायी हुने अवसर प्रदान गरेकोमा वर्तमान परिषद् व्यवस्थापनलाई एशोसियसन धन्यबाद दिन चाहन्छ । साथै उक्त पदमा रिक्त रहेका दरवन्दीहरुको अविलम्व विज्ञापन गरी लामो समयसम्म परिषद् अन्तरगतका कार्यालयहरुमा कार्यरत रहेका कृषि मजदुरहरुलाई उच्च प्राथमिकता दिई स्थायी गर्ने अवसर प्रदान गरियोस भनी हामी परिषद् व्यवस्थापन समक्ष अनुरोध गर्दछौं ।
तसर्थ आफ्नो आँङको भैसी नदेख्ने र अरुका आँङका जुम्रा देख्ने पेशागत सँगठनहरुलाई हाम्रो अनुरोध छ कि धैर्यता राख्नुहोस् राम्रो कार्यको प्रसंशा गर्न पनि पछि नपर्नुहोस् गलत कार्यहरुको बिरुद्ध संयुक्त रुपमा प्रतिकार गर्न हामी पनि तयार छौं आउनुहोस कुनै कमि कमजोरी छ भने संस्थागत सुधार र पेशागत हकहितको लागि संयुक्त रुपमा हातेमालो गरि अगाडि बढ्न हामी सदैव तत्पर छौं ।

प्रकाशित मिति: आइतवार, अशोज १७, २०७२