मङ्लबार, बैशाख ११, २०८१

पशु सेवा कार्यालयको वेवस्ताले तपेश्वरीका किसानको गोठ रित्तिदै

उदयपुर । उदयपुर जिल्लाको पूर्वी गाविस तपेश्वरीमा घरपालुवा पशुहरुमा महामारीको रुपमा रोग फैलिएपछि कृषकको गोठै रित्तिने खतरा रहेको छ । २० दिन अघि पशुमा देखिएको ‘सुखोरिया’ नामक रोग महामारीको रुपमा गाविसभरी नै फैलिएपछि कृषकमा गोठै सखाप हुने चिन्ता बढेको हो ।
तपेश्वरीमा गाविस सचिव जनकलाल लेखीले महामारीको रुपमा फैलिएको रोगले भकाभक पशु मर्न थालेपछि लाखौं मूल्यका चार दर्जनभन्दाबढी घरपालुवा पशु गाईगोरु मरिसकेको बताए । लेखिका अनुसार ठूलो संख्यामा विमारले ग्रस्त रेहेका छन् । यसैगरी स्थानीयका अनुसार तपेश्वरी ९ नम्वर वाडाबाट सुरु भएको महामारीले अहिले २, ३, ४, ५, ६, ७, ८ मा विकारल रुप लिइसेको छ ।rogi pasu
पशुमा ज्वरो आउने, निमोनिया जस्तो हुने, अत्याधिक चिलाउने, खान अमन हुने, जिम्ल्याउने र विस्तारै शरीरको पुरै छाडा डढेर पटपट चिरिने जस्ता लक्षणहरु देखापर्ने स्थानीय कृषक रामजन चौधरीले बताए । खसीबाख्रा र राँगाभैसीमा त्यति नदेखिए पनि गाईगोरु त्यसमा पनि साना बाछाबाछिमा बढि असर देखिएको छ । गाउँभरी नै पशु मर्ने र पशुको घाउँमा किरा फैलिएर दुर्गन्ध फैलिने गरेको छ । दुर्गन्धका कारण मानविय स्वस्थ्यमा समेत जोखिम उत्तिकै फैलिएको छ ।
राष्ट्रिय कृषक समूह महासंघ उदयपुरले संकलन गरेको तथ्याङक अनुसार धेरै जसो कृषकका दुइभन्दा बढी पशु मरेका छन् । समूह महासंघकै तपेश्वरी स्रोत व्यक्ति गोमा बस्तोलाले ३० वटा मरिसकेको र २० देखि ४० को संख्यमा विरामी रहेको जानकारी दिईन । बास्तोलका अनुसार मर्ने धेरै जसो दुहुनो गाई, हल गोरु र बाछाबाछी छन् । अहिले तथ्यङक संकलन कार्य जारी रहेको छ ।
स्थानीय कृषक तथा राष्ट्रिय कृषक समूह महासंघका तपेश्वरी अध्यक्ष महेशप्रसाद चौधरीका अनुसार एक पशुपछि अर्को पशुमा सर्ने प्रकारको रोग देखिएको जानकारी आएपछि राष्ट्रिय कृषक समूह महासंघले जिल्ला पशुसेवा कार्यालयलाई तत्काल क्षेत्रीय पशुसेवा कार्यालयमार्फ रोग पत्ता लगाई उपचार गर्न पहल गरेको कृषक समूह महासंघ उदयपुरका अध्यक्ष सोमबहादुर दनुवारले बताए । दनुवारले कृषकलाई ठूलो क्षति पुगेको भन्दै त्यसको क्षतिपुर्तिको व्यवस्था गर्न माग पनि गरेको जानकारी दिए ।
पशु मर्न थालेपछि पटक पटक जानकारी गराँउदा पनि जिल्ला पशुसेवा कार्यालयले वेवास्ता गरेको कृषकहरुको ब्यापक गुनासो छ । स्थानीय राजनीतिक दल, गाविस सचिव लगायतले पटक पटक जिल्ला पशुसेवा कार्यालयलाई खवर गरेपछि एकजना प्राविधिक पठाएको तर पर्याप्त औषधि उपचार नगरेको उनीहरुको भनाई छ । सोमबार भने पूर्वाञ्चल क्षेत्रीय पशु निर्देशानलयको एक चिकित्सकको टोली सो गाविसमा पुगेको पशु सेवा कार्यालय उदयपुरले जनाएको छ ।
यसरी मरेका पशुहरुको ब्यवस्थितरुपमा विसर्जन गरेको पाईएको छैन । कसैकसैले मात्र गाड्ने र अधिकांशले नजिकैको त्रियुगा नदिको खुल्ला बगरमा फाल्ने गरिएको छ । फालिएको ठाउँबाट दुर्गन्ध फैलिने र सोही ठाउँमा पुनः गाईबस्तुको चरण गर्नाले पनि रोग बढि फैलिएको हुनसक्ने उहि सामाजिक परिचालक बास्तोलाको भनाई छ । – बिदुर कटुवाल

प्रकाशित मिति: बुधबार, अशोज १३, २०७२