बुधबार, बैशाख १२, २०८१

सन्दर्भ : अनतर्राष्ट्रिय रेविज दिवस ,प्राण घातक रेविज र जनस्वास्थ्य

रेविजबाट ग्रसित जनावरको टोकाइबाट मानिस र अन्य स्तनधारी प्राणीमा सर्ने एउटा प्राणघातक रोग रेविज हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर ५०००० भन्दा बढी नै व्यक्तिहरु रेविज रोग लागेर मर्दछन् र २० लाख व्यक्ति यो रोगबाट बच्न पशुको टोकाइ पछि खोप लिन्छन् । रेबिज रोग लागेर मृत्यु हुनेमा ९५ प्रतिशत व्यक्ति एशिया र अफ्रिकाका बासिन्दा पर्दछन् । छिमेकी राष्ट्र भारतमा प्रतिवर्ष २०,००० मानिसको यो रोगको कारण मृत्यु हुन्छ ।

Dr .bodha रोगी पशुको टोकाइ पछि मृत्यु हुनेमा ६० प्रतिशत १५ वर्ष मुनिका बालबालिका पर्दछन् । नेपालको सन्दर्भमा प्रतिवर्ष १०० व्यक्ति रेविज रोग लागेर मर्ने र ५०००० व्यक्तिले शंकास्पद रोगी जनवारको टोकाइ पछि रोगबाट बच्न खोप लिने गरेको अनुमान छ । रोग लागिसके पछि कुनै पनि हालतमा रोगीलाई बचाउन सकिँदैन तर बौलाहा पशुले टोक्ना साथ समयमै रोकथामका उपायहरु (जस्तै साबुन पानीले हात धुने, रेविज विरुद्धको खोप लगाउने र आवश्यकताअनुसार थप हाइपर इम्युन सिरम लगाउने ) गरेमा १०० प्रतिशत नै रोगबाट बच्न सकिन्छ ।
रेविज भाइरस उच्च तापक्रम र केही रसायन प्रति अति नै संवेदनशील हुन्छ । यो ६० डिग्री सेल्सियस तापक्रममा ३५ सेकेण्ड मात्र बा“च्न सक्छ । अतः उमालेको दूध र पकाएको मासु खा“दा यो रोग सर्दैन तर रोग लागेको तथा रोगले मरेको पशु मासुको लागि प्रयोग गर्नु हु“दैन । रेविज रोगका विषाणुहरु रोगी पशुको मुख, माष्तिस्क, स्नायु नसा, फोक्सो, मृगौला, छाला र आ“खामा प्रशस्त मात्रामा हुने हु“दा यस्तो पशुको मासु काट्दा र छु“दा रोग सर्ने डर हुन्छ । अमेरिका, अष्टे«लिया, न्युजिल्याण्ड जस्ता देशहरु यो रोगबाट मुक्त भएका छन् । तर विश्वका केही मुलुकहरु जस्तै दक्षिण पूर्व एसिया, अफ्रिका, लेटिन अमेरिका मुलुकहरुमा भने यो रोग विद्यमान रहेकै छ ।
रेविज रोग सर्ने तरिका
साधारणतया रेविज ग्रसित जनावरको टोकाइबाट रेविज मानिस र पशुमा सर्दछ । रोगका विशाणुहरु रोगी पशुको ¥यालमा रहने हु“दा घाउको माध्यमबाट शरीरमा प्रवेश गर्दछन् र शरीरका स्नायु नसा हुँदै मस्तिष्कमा संक्रमण गरी रोग उत्पन्न गर्दछन् । खास गरी बौलाहा कुकुरको टोकाइबाट नै सबैभन्दा बढी (९४ प्रतिशत) रेविज मानिसलाई हुन्छ । कुकुरको साथै स्याल, व्वा“सो, फ्याउरो, न्याउरीमुसो र मांशहारी जनावर एवं चमेरोको टोकाइबाट पनि यो रोग सर्न सक्छ । यी पशुहरु रोगका श्रोत र सम्बाहक हुन् । रेविज भाइरस संक्रमण भएको उक्त पशुहरुको ¥याल वा अन्य पदार्थ हाम्रो शरीरको घाउ भएको वा छाला खोस्रिएको ठाउ“हरु वा हाम्रो मुख, नाक र आ“खामा लागेमा वा रोगी व्यक्तिको आ“खाको नानी निरोगी व्यक्तिमा प्रत्यारोपण गर्दा रेविज रोग सर्दछ ।
जनावारमा रेविज रोगका लक्षणहरु
रेविज रोग ग्रसित जनावारहरु विरामी परेको जस्तो देखिनुका साथै रिसाहा, झोक्रिने, झम्टिने जे पायो त्यही टोक्ने स्वभावका हुन सक्दछन् । पशुमा हुने यिनै बाह्य लक्षणका कारण यो रोगलाई सामान्य बोलचालका भाषामा बहुलाहा कुकुर भनिएको हो । यस बाहेक कुनै कुनै रोगबाट ग्रसित जनावारमा एकदमै मैत्री स्वभाव लोसे, शान्त तथा दिग्भ्रमित भएको लक्षण देखिन सक्दछ । प्रायः रात्रिकालिन समयमा विचरण गर्ने जंगली जनावर जस्तै स्याल, ¥याउरो, चमेरो दिउ“सै बस्तीमा भौतारिन थाल्यो भने वा सामान्य अवस्थामा शान्त रहने जनावरले अनौठो व्यवहार देखाउन लाग्यो वा व्यवहारमा एकाएक परिवर्तन भयो भने त्यस्ता जनावारलाई रेविज रोग लागेको शंका गर्न सकिन्छ ।
मानिसमा रेविज रोगका लक्षणहरु
मानिसको शरीरमा रेविजका भाइरस प्रवेश गरेपछि रोग देखा पर्न ३० देखि ६० दिन लाग्छ तर कम्तिमा १० दिनमै वा वर्षौपछि पनि लक्षण देखापर्न सक्छन् । शुरुशुरुमा शंकास्पद जनावरले टोकेको ठाउ“मा दुख्ने, झमझाउने, एक्कासी चिलाउने जस्ता लक्षण देखिन सक्छन् । त्यसपछि ज्वरो आउनु, जाडो लाग्नु, थकित हुनु शरिरका मांशपेशीहर दुख्नु र झर्कने जस्ता लक्षण विरामीमा देखिन सक्छन् । क्रमश विरामीमा दिग्भ्रमित हुने, बाझिने, विना कारण काम्ने, बेसुर हुने जस्ता लक्षण देखिन सक्छन् ।
रेविजको पूर्ण तथा अन्तिम अवस्थामा भने स्वास फेर्न तथा खानेकुरा निल्न नसक्ने मांशपेशीहरु नियमित अनियमित रुपमा खुम्चने र कम्पने हुने र विरामीले पानी सम्म निल्न गाह्रो हुन्छ । त्यस्ता विरामीका नजिक पानी राख्दा तर्सने गर्छ । त्यसैले पनि यसलाई हाइड्रोफोविया (पानीबाट तर्सने रोग) पनि भन्ने गरिन्छ । त्यो अवस्थालाई एरोफोविया भनिन्छ । यो अवस्थामा पुगेको विरामी धेरै दिन बाँच्दैनन ।
रेविज रोग सर्न सक्ने जनावरले टोकेमा के गर्ने
तपाईलाई शंकास्पद पशुले टोके तुरुन्तै चिकित्सकसँग सल्लाह लिनु होला किन भने कस्तो खालको पशुले टोकेको हो कस्तो ठाउँमा टोकेको हो ? पशु खासगरी कुकुर, बिरालो, घरपालुवा वा फिरन्ते भुस्याहा कस्तो हो तिनीहरुलाई नियमित खोप लगाएको वा नलगाएको सूचना संकलन गरी के कस्तो उपचार तथा खोप लगाउनु पर्ने हो भन्ने कुरामा चिकित्सकले सल्लाह दिन सक्नेछन् । तपाईले सम्पर्क गरेको चिकित्सकसँग तत्काल सम्बन्धित औषधि नहुन सक्छ । त्यसैले बृद्धिमानी पूर्वक स्थानीय जनस्वास्थ्य, भेटेरिनरी जनस्वास्थ्य आदिमा सम्पर्क गर्नुपर्ने हुन्छ । त्यस बाहेक टोकेको ठाउ“को घाउ साबुन पानीले धुने, निसंक्रमण गर्न समेत विर्सनु हुंदैन । साथमा संभावित जिवाणुजन्य संक्रामणको उपचार तथा टिटानसको औषधि प्रयोग गर्न विर्सनु हु“दैन । शंकास्पद पशुले टोकी घाउ बनाएको अवस्थामा रेविज विरुद्ध खोप लगाउनु पर्छ । त्यो पशुले लक्षण देखाउला र उपचार गरुला भनेर बस्नु हु“दैन । rabij
रेविज रोग निदान
टोक्ने पशु रेविजबाट ग्रसित हो होइन भनी शुरुको अवस्थामै थाह लाग्दैन । पशुलाई तुरुन्त मार्नु पनि हुँदैन । कम्तिमा १० दिन निगरानीमा राख्नु पर्छ र १० दिनभित्र पशु मरेमा रोग निदानका लागि प्रयोगशालामा पठाउनुपर्छ । प्रयोगशालामा यो रोगको निदान मस्तिष्कको (हिप्पोक्याम्पस र मेडुला ओबलांगाटा भागको) तुरुन्त लिई रेपिड टेष्ट सेलर स्टेनिड फ्लोरोसेन्ट एन्डिबडी टेष्ट र माउस इनोकुलेसन टेष्टबाट गरिन्छ । हाम्रो देशमा
रेविज रोगको प्रयोगशाला परिक्षण सेवा हाल केन्द्रिय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, काठमाडौंमा मात्र उपलब्ध छ ।
रोगको नियन्त्रण र रोकथाम
शंकास्पद जनावरले टोकेमा यथाशिघ्र घाउलाई साबुन पानीले धोएर स्प्रीट वा आयोडिन लगाउने र चिकित्सकको सल्लाह अनुरुप तुरुन्त पोष्ट एक्सपोजर खोप र हाइपर इमुन सिरम (आई.जी.जी.) लगाउनु पर्दछ । यस्तो शंकास्पद कुकुरलाई १० दिन सम्म थुनेर राख्नु पर्छ र १० दिनभित्र कुकुर मरेमा रेविज रोगको यकिन गर्न प्रयोगशालामा परिक्षण गराउनु पर्दछ  । प्रयोगशाला नतिजा आधारमा चिकित्सको सल्लाह अनुसार खोपलाई निरन्तर दिनु वा बन्द गर्नु पर्दछ । हाल हुमन डिप्लोइड सेल, प्युरीफाइड भेरो सेल र प्युरीफाइड चिक इम्ब्रायो सेलबाट उतपादन भएका ३ प्रकारका एन्टीरेबिज भ्याक्सीनहरु मानव प्रयोगजनको लागि सुरक्षित मानिएका छन् । बौलाहा कुकुरले टोक्नु भन्दा अगाडि ०,७,२१ वा २८ दिनमा ३ वटा खोप लगाई रोकथाम गर्न सकिन्छ र टोकेपश्चात ०,३,७,१४,२८ दिनमा ५ खोप लगाएर यो रोगबाट बच्न सकिनछ भरपर्दो उत्पादनकर्ताबाट उत्पादित, म्याद ननाघेको, उपयुक्त गुणस्तर कायम रहेको र चिसोमा भण्डारण गरेको खोपमात्र प्रयोगमा ल्याउनु पर्छ । पशुमा यस रोगको न्युनिकरण नियन्त्रणको कार्यक्रम नियमित रुपमा गरिने हो भने यो रोग जनसमुदायमा आफै नियन्त्रण हुन्छ । जंगली फिरन्ते भुस्याहा जनावारको सम्पर्क न्युन गर्न तिनीहरुलाई नियन्त्रणमा राख्ने गर्नुपर्छ । घर पालुवा कुकुर, विरालो जस्ता पशुमा यस रोग विरुद्धको नियमित खोप लगाउनुका साथै घरपालुवा पशुलाई जंगली जनावर फिरन्ते तथा भुस्याहा कुकुरको सम्पर्कमा जान दिनु हुँदैन र तपाईको टोलछिमेक गाउ शहरमा यस्ता जनावरको विगविगी भए यिनीहरुलाई व्यवस्थापन गर्न सरकारी, गैरसरकारी संघसंस्था आदिलाई नियन्त्रणको लागि खवर गरी नियन्त्रण गर्न लगाउनु नै रेविज रोग नियन्त्रणको उपयूक्त उपाय हुन सक्दछ ।  –डा. बोधनाथ अधिकारी 

प्रकाशित मिति: सोमवार, अशोज ११, २०७२