शुक्रबार, बैशाख ७, २०८१

रेविज रोगको शुरुवात प्रभाव र समाधानको प्रयास

रेविज भाईरसबाट संक्रमित पशुहरुको टोकाईले मानिसमा सर्ने रोम मानिन्छ । यो रोग आजभन्दा ४००० बर्ष पहिले देखिनै पहिचान गरिएको हो । यस रोग निदाको लागी उत्तर आधुनिक प्रबृतिको विकास अनि यसको रोगथामको उचित उपायहरु हुदा पनि रेविज ग्रसित पशुले टोकेको जन समुदायले बेग्लै उपचार पाएनन् या गराएनन् भने ति विरामीमा यो रोग सधै घातक हुने गर्दछ । kedar karki
अमेरिका, अष्टे«लिया, न्यजिल्याण्ड जस्ता देशहरुमा यो रोगबाट मुक्त भएका छन् । कि त दुर्लभ रुपमा भेटिएको पाईन्छ । तर विश्वका केही मुलुकहरु जस्तै दक्षिण पुर्व एसिया, अफ्रिका, लेटिन अमेरिका मुलुकहरुमा भने त्यहांका जन समुदायहरुमा सामान्य मानिन्छ । विश्व भरीमा प्रति बर्ष करिव ५५००० मानिसहरुको यस रोगबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य संघको तथ्यांक छ, जस मध्ये धरै जसो अफ्रिका, एसियाका मुलुकका जन समुदाय प्रभावित भएको पाईन्छ । प्राय जसो मानिसमा देखिने रेविज रोगले ग्रसित कुकुरको टोकाईबाट हुने गर्दछ । तथापी यदा कदा जंगली मांशाहारी जनावर तथा चमेरोको टोकाईबाट पनि लाग्न सक्छ । प्राय जसो सबै खाले जंगली तथा घर पालुवा जनावर यो रोगवाट ग्रसित हुने गर्दछन । तर मुसा लोर्खके खरायोेमा भने यो रोग विरलै पाइन्छ जलचर माछा घिस्रने जिव सर्प तथा चरा चुरुङगी कुखुरा मा भने यो रोग देखिदैन ।
रेविज रोग लाग्नका लागि चाहिने पुर्वाधार
कुनै पनि मानिस रेविज रोगवाट ग्रसित हुन निम्न दुई पुर्व स्थिति हुन पर्छ । कि त रेविज ग्रसित पशुको संपर्क मा लसपस भएको हुनु पर्छ ।दोश्रो त्यस्तो लसपस हुदा त्यस्ता पशुले मानिसलाई टोकेर वा चिथोरेर उक्त पशुमा भएको संक्रमित र्याल सारेको हुनु पर्छ ।
रेविज ग्रस्त पशुको शरिरमा र्याल मस्तिस्क तथा स्नायु जन्य तन्तु यस रोगका भाइरसवाट वढि प्रदुषित भएका हुन्छन  । यी तन्तुहरु टोकेर भाईरस सारेमा रोग सर्छ । यस बाहेक भाईरस आखा, मुख नाकमा टांसिन पुगेमा पनि रोगको प्रभाव देखिन सक्छ । शरिरमा यसरी प्रबेश गरेको भाईरस मस्तिष्कमा पुगि शरिरका स्नायु जन्य तन्तुका माध्यमबाट शरिरका मुख्य अंगमा पुग्छन् अनि रोगमा लक्षण देखा पर्छन् ।
जनावरमा रेविज रोगका लक्षण
रेविज रोग ग्रसित जनावरहरु विरामी परेको जस्तो देखिनुका साथै रिसाहा झोक्रिने झम्टिने जे पायो त्यो टोक्ने स्वाभावका हुन सक्दछन् । पशुमा हुने यिनै बाह्य लक्षणका कारण यो रोगलाई सामान्य बोलचालको भाषामा बहुलाहा कुकुर भनिएको हो । यस बाहेक कुनै कुनै रोगबाट ग्रसित जनावर एकदमै भित्री स्वभाव लासे, शान्त तथा दिग्भ्रमित भएको लक्षण देखिन सक्दछ ।
प्रायः रात्री कालिन समयमा विचरण गर्ने जंगली जनावर दिउसै बस्तीमा भौतारिन थाल्यो भने जस्तै स्याल, फ्याउरो, चमेरो वा सामान्य अवस्थामा शान्त रहने जनावरले अनौठो व्यवहार देखाय वा अतिनै मैत्रि स्वभाव देखाएको पाईएमा त्यस्ता जनावरलाई रेविज रोग ग्रसित हुन सक्ने शंका गर्नु पर्छ ।
मानिसमा रेविज रोगका लक्षण
मानिसको शरिरको रेविजको भाईरस प्रबेश गरे देखि रोग देखा पर्न ३० देखि ६० दिन लाग्छ तर कम्तिमा १० दिनमै वा बर्षौ पछि पनि देखा पर्न सक्छ । प्राय मानिसमा टोकेको ठाउमा दुख्ने झम्झमाउने एक्कासी चिलाउने जस्ता पहिलो लक्षण देखिन सक्छ । त्यसपछि ज्वरो अउनु जाडो लाग्नु थकित हुनु शारिरका मांसपेशी दुख्नु र झर्कने जस्ता लक्षण विरामीमा देखिन सक्छ । क्रमशः विरामीमा दिग्भ्रमित हुने, बाझिने, विना कारण काम्ने बेसुर हुने लक्षण देखिन सक्छ ।
रेविजको पुर्ण तथा अन्तिम अवस्थामा भने स्वास फेर्न तथा खानेकूरा निल्न नसक्ने, मांशपेशीहरुमा नियमित अनियमति रुपमा खुम्चने र कम्पन हुने र विरामीले पानीसम्म निल्न गाह्रो हुन्छ । त्यस्ता विरामीका नजिक पानी राख्दा तर्सने गर्दछ । त्यसै पनि यसलाई हाईडूोफोविया पानीबाट तर्सने रोग पनि भन्ने गरिन्छ भने विरामीको अगाडी पानी देखाउदा रेविज एकिन गर्न सजिलो हुन्छ । त्यस्तै गरी हावा सुघाउदा पनि डराउने गर्दछ । त्यो अवस्थालाई एरोफोविया भनिन्छ । यो अवस्थामा पुगेको विरामी प्राय बाच्दैन ।
रेविज रोग सार्न सक्ने जनावरले टोकेको उपचार
तपाईलाई शंकालु पशुले टोके तुरुन्तै चिकित्सकसंग सल्लाह लिनु होला किनभने यसो भएमा चिकित्सकले कस्तो खालको पशुले टोकेको हो कस्तो ठाउमा टोकेको हो ? पशुलाई खास गरी कुकुर विरालो , घर पालुवा वा फिरन्ते भुस्याहा कस्तो हो तिनीहरुलाई नियमित खोप लगाएको वा नलगाएको सुचना संकलन गरी के कस्तो उपचार तथा खोप लगाउनु पर्ने हो सल्लाह दिन सक्नेछन् । तपाईले सम्पर्क गरेको चिकित्सकसंग तत्काल सम्बन्धित औषधी नहुन सक्छ त्यसैले बुद्धिमानी पुर्वक स्थानिय जनस्वास्थ्य, भेटेनरी जनस्वास्थ्य आदिमा आंशिक रुपमा पुग्नु पर्ने हुन्छ , त्यस बाहेक संभावित जिवाणुजन्य संक्रमणको उपचार तथा टिटानसको औषधी प्रयोग गर्न विर्सनु हुदैन । यस बाहेक टोकेको ठाउको घाउ धुने, निसंक्रमण गर्न समेत विर्सनु हुदैन । जे जस्ता पशुले टोकी घाउ बनाएको अवस्थामा रेविज विरुद्ध खोप लगाउनु पर्छ त्यो पशुले लक्षण देखाउला र उपचार गरुला भनेर बस्नु हुदैन ।
रेविज रोग निदान
तपाईलाई टोकेको रेविज सार्न सक्ने पशु हेरेर यही भन्न सकिदैन । पशुलाई तुरुन्त मार्न हुदैन कम्तिमा १० दिन निगरानीमा राख्नु पर्छ र १० दिन भित्र मरेमा रोग निदानको लागि प्रयोगशालामा पठाउनु पर्छ उक्त पशुबाट निदान गर्न चाहिने तन्तु संचालन गरी चिकित्सकले परिक्षण गर्न सक्छन् ।
मानिसमा शुरुमा ज्वरो, मुटुको धडकन दर, स्वास प्रश्वास दर र रक्तचाप जाच्नु पर्छ यस बाहेक घाउको अवस्था हेरी रेविज विरुद्ध खोप लगाउनु पर्छ र पशुको बारेमा विवरण संकलन गर्नु पर्छ । यस अवधिमा तपाईले बाध सम्बन्धि रोगका औषधी, औलो रोगका औषधी प्रयोग गर्ने गर्नु भएको नभएको तपाईको पेशा कार्यको प्रकृति, अत्याधिक रेविज प्रभावित पर्यटन क्षेत्रमा भ्रमण गरे नगरेको आधारमा यसको प्रारम्भिक निदान गर्न सकिन्छ ।
आफैले घरमा गर्न सकिने रेविज रोगको उपचार
प्राथमिक उपचार तत्काल आफैले गर्नु पर्छ जस्तै सावुन पानीले घाउ धुने अनि आयोडिन युक्त एण्टिसेफ्टिक टोकोको ठाउमा लगाई सफा गर्ने जसले गर्दा रेविजको भाईरस शरिरमा प्रबेश गर्न नपाओस् । यदि टोक्ने जनावर घर पालुवा कुकुर विरालो रहेछ भने घर धनिको नाम ठेगाना फोन नं. सम्भव भए सम्म लिदा राम्रो हुन्छ, जसले गर्दा चिकित्सकहरुलाई उपचार गर्न सजलो पर्दछ । यदी जनावर फिरन्ते वा भुस्याहा र जंगली जनावर भए त्यस क्षेत्रमा कार्यरत गैर सरकारी संस्था, बन्यजन्तु कोष , चिडियाखाना नभए जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्नुहोस् । ति संस्थाले ति जनावरहरु नियन्त्रण गर्ने चाजोपाजो मिलाउन सक्छन् । आफै वा वरीपरी झुम्मिएका समुदायहरुले त्यस्ता जनावर नियन्त्रण गर्ने प्रयास नगर्नु होला । यसो गरेमा अरु गम्भिर चोट पु¥याउन तथा बढी जनसमुदायलाई टोक्ने चिथोर्ने गर्न सक्छन् ।
स्वास्थ्य संस्थामा गरिने उपचार
यदि साच्चिकै रेविज ग्रस्त जनावरले टोकेको अवस्थामा तिन चरणमा उपचार गर्न सकिन्छ । चिकित्सकले टोकेको जनावरलाई निगरानीमा राख्ने अवस्था भएमा तत्काल उपचारको लागि सल्लाह नदिन सक्छ तर मनोबैज्ञानिक सल्लाह मात्र दिन सक्ने हुन्छ र घाउको सफाई भाईरस मार्न सक्ने खालका एण्टिसेप्टिकको प्रयोग मात्र गर्ने हुन्छ । एक पटक मात्र लगाउनु पर्ने ह्युमेन रेविज ईम्युन ग्रोविन खोप लगाउदा राम्रो हुन्छ । र खोप लगाउदा कति वटा कति पटक कुन कुन समयमा कसरी लगाउने भन्ने सल्लाह पाउनु हुने छ ।
रेविज रोग नियन्त्रण
पशुमा यस रोगको न्युनिकरण नियन्त्रणको कार्यक्रम नियमित रुपमा गरिने हो भने यो रोग जन समुदायमा आफै नियन्त्रण हुन्छ । जंगली फिरन्ते अनि भुस्याहा जनावरको सम्पर्क न्युन गर्न तिनीहरुलाई नियन्त्रणमा राख्ने वा मार्ने गर्नु पर्छ । घर पालुवा कुकुर विरालो जस्ता पशुमा यस रोगको विरुद्ध नियमित खोप लगाउनु को साथै यि पशुलाई जंगली जनावर फिरन्ते तथा भुस्याहा कुकुरको सम्पर्कमा जानू दिनु हुदैन र तपाईको टोल छिमेक गाउ शहरमा यस्ता जनावारका विगविगी भए यिनीहरुलाई व्यवस्थापन गर्न सरकारी, गैरसरकारी संघ संस्था आदिलाई नियन्त्रणको लागी खवर गरी नियन्त्रण गर्न लगाउनु नै रेविज रोग नियन्त्रणको मुख्य उपाय हो ।
– डा. केदार कार्की

प्रकाशित मिति: सोमवार, अशोज ११, २०७२