बुधबार, बैशाख १२, २०८१

ग्वार्को रोगले धानखेती सखाप

महोत्तरी, १० असोज । महोत्तरी जिल्लाको सयौँं बिगाह जग्गामा लगाइएको धानखेती ‘ग्वार्को’ रोगका कारण सखाप भएको छ । ग्वार्को रोगले किसानको मुस्लिम, कान्छी मुस्लिम, नचनिया, रामविलास, बासमति, परबललगायत सबै प्रजातिका धानखेतीमा प्रकोपझँै आएर पूरै खेती नष्ट पारेको छ ।
ग्वार्को रोगले खेतमा धानको बोटमाथिका सबै पात सेतो बनाउ“दै पात झार्दै ठुटो बनाएको छ भने सयौं बिगाह खेतमा धानको बोटको ठाउ“मा ठुटो जरा मात्रै उभिएको देखिन्छ । ग्वार्को एक प्रकारको किरा हुन्छ जुन नाङ्गो आँखाले देखिँदैन र पातबाट रोग सुरु गराई धानको बोट नै सखाप पार्ने गरेको किसानहरुले बताएका छन् । त्यस्तै, जलेश्वरका किसान अरुण पाण्डेका अनुसार ग्वार्को रोगले निक्कै राम्रो सप्रिएको धानको बोटबाहेक माथिको सबै पात पतिङ्गर आगोमा पोलेझैँ जलाउ“दै लगेको बताउ“दै अब यस बोटबाट धानको आशा गर्न नसकिने बताए । महोत्तरीमा रोपाइँको महिना असार, साउनमा पानी नपर्दा भदौमा रोपाइँ गरिएपनि अहिले धान राम्रै सप्रेर निक्कै विकास भएको थियो ।
तर पछिल्लो समयमा अचानक देखा परेको ग्वार्को रोगले किसानको सबै धानखेती सखाप पारेर किसानलाई बा“च्नु न मर्नु बनाएको भ्रमरपुराका किसान निराला मिश्रले गुनासो गरे ।
महोत्तरीमा कुल ५२ हजार हेक्टरमा धानखेती हुँदै आएकोमा यसपालि करिब ७५ प्रतिशत जग्गामा धानखेती भएको थियो भने अहिले यस ग्वार्को रोगका कारण त्यसमध्येका पनि ४० प्रतिशत खेती सखाप भएको कृषिका जानकारले अनुमान लगाएका छन् ।

प्रकाशित मिति: आइतवार, अशोज १०, २०७२