काठमाडौं, असोज । केही साता अगाडिसम्म निकै नै चर्चामा रहेको मिल्क होलिडे यतिखेर गुपचुप मै रहेको छ । किसानहरुले केही दिन दूध सडकमा फालेर विरोध गरेका थिए । तत् पश्चात किसानको दूध खरिद गरेर पटना निर्यात गर्ने कुरा गरियो सरकारले दूध निर्यात गर्नका लागि प्रति लिटर ६ रुपैयँ“ बराबरको रकम अनुदान तीन महिनाका लागि दिने निर्णय पनि गरेको थियो ।
त्यही अनुरुप दुग्ध विकास संस्थानले पटना डेरीसंग सम्झौता गरेको देखिन्छ । पटना डेरीसंग भएको सम्झौता पछि नेपालमा उत्पादन भएको दूध पटना निर्यात हुन सकेको छैन । तराई बन्दका कारण दूध निर्यात हुन नसकेको कुरा लुकाईरहनु पनि पर्दैन । दूध उत्पादन घटेको पनि छैन यदि त्यसो हो भने विगतमा मिल्क होलिडेको झ्याली पिट्नेहरु यतिखेर कहा“ गए खोज्नु पर्ने भएको छ । मिल्क होलिडेको चर्चा चलाएर निहित स्वार्थ लुट्नेहरुका कारण नेपालको दुग्ध उत्पादन क्षेत्रमा निकट भविष्यमा नै धरापमा पर्ने संकेत देखिएको छ । पटना डेरीसंग दुग्ध विकास संस्थानले दैनिक ३० हजार लिटर दूध निर्यात गर्ने गरी सम्झौता गरेर फर्केको करीव एक साता भन्दा बढी हु“दा पनि दूध निर्यात हुन नसक्दा नेपालमा उपभोग भएर वाँकी रहेको दैनिक ३० हजार दूध कता हरायो ? सम्झौता भएकै दिनको कुरा गर्ने हो भने पनि असोज १ गतेदेखि निर्यात भनिएको थियो आज १० दिन वितिसक्दा पनि दूध निर्यात हुन सकेको छै्रन ।
सरकारी अधिकारीहरु कै भनाईमा दैनिक ३० हजारका दरले १० दिनको ३ लाख लिटर दूध खोई ? खोजी गर्ने जिम्मा दूध उत्पादनमा लागिरहेका किसानहरुको हो कि अनुदान दिन सहमति गर्ने अर्थमन्त्रालयका अधिकारीहरुको ? आखिर १० दिनसम्म दूध पटना निर्यात नह“ुदा र तराई ठप्प हु“दा पनि मिल्क होलिडे भएको कुरा सुनिएको छैन । यसले के प्रष्ट पार्दछ भने मिल्क होलिडेको अवस्था जर्वजस्ती बनाएर सरकारी ढुकुटी रित्याउने अभियानमा माफियाहरु जुटेका त छैनन् ?
किसानहरुले उत्पादन गरेको दूध अहिले खेर नगएर उपभोग भईरहेको छ भने कहा“ कहा“ कसरी खपत भईरहेको छ । विगतमा त्यही अनुपातमा खपत किन भएन भन्ने कुरा कृषि विकास मन्त्रालय र सरोकारवाला निकायहरुले सार्वजनिक गर्नु पर्दछ । दूधको उपभोक्ताहरुलाई उपभोग बढाउनका लागि दूधको उपभोक्ता मूल्य घटाउन प्रयास गरिदा दूधको मूल्य घटाउन विरोध गर्नेहरु अहिले कुन कुनामा लुकेर बसिरहेका छन् । ३ दिन बन्द हु“दा मिल्क होलिडे भो भनेर सडक तताउनेहरुले १० दिनदेखिको तराई बन्दका कारण दैनिक ३० हजार लिटर दूध निर्यात हुन नसक्दा त्यो दूध कहा“ गयो भनेर खोजी गर्नु पर्दछ कि पर्दैन ? सवैमा चेतना भया ।
मिल्क होलिडे र दूध निर्यातको कुरा कता सेलाए

Add Comment