बिहिबार, बैशाख १३, २०८१

राप्तीमा उत्पादित बीउको माग बढ्दो

दाङ, ९ असोज। केही दिन अगाडि मात्र काठमाडौंमा बीउ सम्मेलन सम्पन्न भयो । नेपालमा उत्पादित बीउहरुलाई प्राथमिकता दिनु पर्ने धेरैको सुझाव पनि आएको थियो । सम्मेलनमा बोल्ने अधिकांश बक्ताहरुले विदेशी बीउमा भर पर्ने हो भने भविष्यमा त्यसले ठूलो असर पर्ने बताएका थिए त । ठूला ठूला व्यापारीहरु धेरै फाइदा आउने भएपछि नेपालको भन्दा विदेशकै बीउ आयात गर्नेगरेको तथ्य पनि छ । तर दाङ्गका किसानहरुमा भने स्थानीय किसानहरुले नै उत्पादन गरेको उन्नत जातका तरकारी तथा खाद्यान बालीको मूल बीउको माग बढेको छ । seed
राप्ती अञ्चलका किसान तथा कृर्षि प्राविधिकले दाङको तुलसीपुरमा नै सबै नगदे तथा हिउंदे बालीको मूल बीउ उत्पादन गर्न थालेपछि दाङलगायत देशैभरका बजारमा त्यसको माग बढेको हो ।
एक उन्नत जातका बीउबिजनको माग बढेपछि बजारमा पु¥याउनै हम्मेहम्मे भएको बीउ विक्रेताहरु बताउछन् । दाङको तुलसीपुरमा रुकुमेली एग्री सिड सेन्टर स्थापना गरी राप्ती अञ्चलमा उत्पादन हुने भिन्न दलन तथा खाद्यान बालीको मूल बीउबिजन प्याकिङ गरी हाल काठमाडौैँ, पोखरा, विराटनगर तथा पश्चिम महाकाली हँुदै भारतसम्म स्थानीय बीउबिजनको माग दिनप्रतिदन बढ्दै गएको बीउ उत्पादनमा सक्रिय प्राविधिक माधव केसी बताउँछन् ।
केसीका अनुसार पहिले राप्तीमा उत्पादन गरी बीउबिजन काठमाडाँै जाने र त्यहीबाट आफूहरूले खरिद गरी महँगो मूल्यमा बिक्री गर्ने गरेको भन्दै अब स्थानीय किसानले उत्पादन गरेको बीउबिजन यहीँका किसानलाई न्यूनतम मूल्य लिएर कम मूल्यमा गुणस्तरीय उन्नत जातका बीउबिजन दिने बताए ।
राप्ती अञ्चलका(७ जना किसानले करिब रु २५ लाख लागतमा सञ्चालन गरेको सिड सेन्टरले हाल विभिन्न किसिमका प्याकिङका मेसिनसमेत ल्याएको र मकै धानलगायतका बीउबिजन उत्पादनका लागि जग्गा भाडामा लिएर मूल बीउ उत्पादन गर्ने गरेको बताएको छ । हाल दाङ्गमा मकै, धान, गहु“ र अन्य नगदे बालीको मूल बीउ उत्पादन भईरहेको केसीले बताए । अन्य जिल्लाबाट यसअघि आएको बिक्री वितरण गर्दै आएका किसानले आफनै घर आँगनमा उत्पादन भएका उन्नत जातका बीउबिजन तथा खाद्यानबालीका बीउ सहज रुपमा पाउने भएका छन् । पहिलो चरणमा भिन्डी, बोडी, मुला, काउली, प्याज तथा सिमीजातका नगदेबाली प्याकिङगरी बजारमा बिक्री गरेको र बीउबिजन आपूर्ति गर्न हम्मेहम्मे हुने गरेको एग्रोभेटहरुको भनाइ रहेको छ ।
यसअघि भारतबाट आएका बीउबिजन यहाँका किसानले प्रयोग गर्दै आएका थिए । जसले गर्दा उनीहरूले महँगोमा बीउबिजन खरिद गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति: शनिबार, अशोज ९, २०७२