मङ्लबार, बैशाख ११, २०८१

जैविक विषादी सम्वन्धि कार्यशाला

काठमाडौं ९ असोज।विषादी विरुद्धको अभियान शुरु भएको धेरै भएको भएपनि खाद्य बालीमा विषादी प्रयोग हुनु हुदैन भन्न थालिएको थोरै मात्र भयो । विगतमा विषादी प्रयोग गर्न सिकाउनु पर्ने वाध्यता थियो । अहिले विषादी प्रयोग रोक्नु पर्ने वाध्यता देखिएको छ । विश्वभर यतिखेर खाद्यवालीमा विषादी प्रयोग न्यूनिकरण गर्नका लािग अभियान नै जारी राखेका छन् । त्यो अभियानबाट नेपाल अछुतो हुन सकेको छैन ।
गतबर्षबाट शुरु भएको तरकारी तथा फलफूलमा विषादी प्रयोग रोक्नका लागि काठमाडौंको सवैभन्दा ठूलो तरकारी बजारमा रुपमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजारमा विषादी विश्लेषण द्रुत प्रयोगशाला स्थापना भएपछि केही साता त्यसले ठूलो प्रभाव पनि परेको थियो । त्यही प्रभावका कारण मुलुक भरका उपभोक्ताहरुले काठमाडौंमा मात्र होइन त्यस्ता विषादी जांच गर्नका लागि अन्य ठूला शहरमा पनि प्रयोगशाला स्थापना गर्नका लागि माग राखेका थिए । बजेटको अभाव भन्दै कृषि विकास मन्त्रालयले धेरै ठाउंमा त्यस्ता प्रयोगशाला स्थापना गर्न सकेको छैन । ipm
तर, तरकारी तथा फलफूल लगायत बालीमा विषादी प्रयोग नगरौ भन्ने अभियानले किसानहरुलाई परिवर्तन नै गराईदियो । जसका कारण यतिखेर कालीमाटी तरकारी बजारमा विषादी प्रयोग नगरी नै किसानहरुले तरकारी विक्री गर्न थालेका छन् । यसका लागि सूचना र सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको कसैबाट पनि टाढा रहन सक्दैन । त्यत्ति मात्र होइन किसानहरुले रोग कीरा नियन्त्रण गर्नका लागि रासायनिक विषादी प्रयोगलाई अन्त्य गर्दै जैविक विषादी प्रयोग तर्फ आकर्षित समेत बनेका छन् ।
यही सरोफेरोमा कृषि विकास मन्त्रालय बाली संरक्षण निर्देशनालयले यर्सै हप्तामात्र भारत, इण्डोनेशिया,भियतनाम, श्रीलंका लगायतका बाली विकासमा कार्यरत विज्ञहरु सहितको कार्यशाला गोष्ठि सम्पन ग¥यो । आईपिएम प्रविधिलाई विस्तार गरी जैविक विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा हानी पु¥याउने रासायनिक विषादीको प्रयोग अन्त्य गर्नु पर्ने विज्ञहरुको छलफलको विषय बन्यो ।
कृषि विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्र अधिकारीले खाद्यका सुरक्षाका लागि संवेदनशील हुनु पर्ने अवस्था रहेकाले उत्पादन लागतलाई समेत ध्यानमा राखेर आईपिएम प्रविध, र जैविक विषादीको प्रयोगको अभ्यासलाई निरन्तरा अगाडि बढाउनु पर्नेमा जोड दिए । भारतका विज्ञ एसपि धुवाले इण्डोनेशिया, फिलिपिन्स लगायतका देशमा यसले खेलेको महत्वपूर्ण भूमिकाका बारमो आफ्नो अनुभव सुनाएका थिए । कृषि विकास मन्त्रालयका अर्का सहसचिव डा. श्याम किशोर शाहले १५ वटा विषादीलाई प्रतिवन्ध लगाइसकेको भन्दै विषादीको सुरक्षित गर्न चेतना अभिबृभि सहित जैविक विषादी सवैभन्दा उत्तम विकल्प रहेको समेत बताए । सो कार्यशालामा कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बाली संरक्षण निर्देशनालयले किसानहरुलाई जैविक विषादी उत्पादनदेखि प्रयोगसम्मका तालिम, जनचेतना अभिबृभि, अनुदान सहयोग समेत गरिरहेको बताए । उनले विषादी प्रयोगशाला स्थापना पछि किसानहरुमा विषादी प्रयोग अन्त्य गर्ने काममा आर्फै जागरुक हुन थालेको बताएका थिए ।

प्रकाशित मिति: शनिबार, अशोज ९, २०७२