बुधबार, बैशाख ५, २०८१

उन्नत जातका तरकारी तथा खाद्यान बालीको मूल बीउको माग

krishilogoदाङ, ९ असोज । यहाँका किसानले उत्पादन गरेको उन्नत जातका तरकारी तथा खाद्यान बालीको मूल बीउको माग बढेको छ । राप्ती अञ्चलका किसान तथा कृर्षि प्राविधिकले दाङको तुलसीपुरमा नै सबै नगदे तथा हिउँदे बालीको मूल बीउ उत्पादन गर्न थालेपछि दाङलगायत देशैभरका बजारमा त्यसको माग बढेको हो । एक उन्नत जातका बीउबिजनको माग बढेपछि बजारमा पु¥याउनै हम्मेहम्मे भएको रुकुमेली एग्री सिड सेन्टरका अध्यक्ष निर्मलकुमार आचार्यले बताए ।

दाङको तुलसीपुरमा रुकुमेली एग्री सिड सेन्टर स्थापना गरी राप्ती अञ्चलमा उत्पादन हुने भिन्न दलन तथा खाद्यान बालीको मूल बीउबिजन प्याकिङ गरी हाल काठमाडौैँ, पोखरा, विराटनगर तथा पश्चिम महाकाली हँुदै भारतसम्म यहाँको बीउबिजनको माग दिनप्रतिदन बढ्दै गएको प्राविधिक माधव केसीले बताए ।
केसीका अनुसार पहिले राप्तीमा उत्पादन गरी बीउबिजन काठमाडाँै जाने र त्यहीबाट आफूहरूले खरिद गरी महँगो मूल्यमा बिक्री गर्ने गरेको भन्दै अब स्थानीय किसानले उत्पादन गरेको बीउबिजन यहीँका किसानलाई न्यूनतम मूल्य लिएर कम मूल्यमा गुणस्तरीय उन्नत जातका बीउबिजन दिने बताए । “यस वर्ष हिउँदे बालीको बीउबिजन माग बढी छ, उत्पादनभन्दा माग धेरै आयो”– केसीले भने । राप्ती अञ्चलका–७ जना किसानले करिब रु २५ लाख लागतमा सञ्चालन गरेको सिड सेन्टरले हाल विभिन्न किसिमका प्याकिङका मेसिनसमेत ल्याएको र मकै धानलगायतका बीउबिजन उत्पादनका लागि जग्गा भाडामा लिएर मूल बीउ उत्पादन गर्ने गरेको बताएको छ ।
हाल सेन्टरले मकै, धान, गहुँ र अन्य नगदे बालीको मूल बीउ उत्पादन गरेको बताएको छ । अन्य जिल्लाबाट यसअघि आएको बिक्री वितरण गर्दै आएका किसानले आफनै घर आँगनमा उत्पादन भएका उन्नत जातका बीउबिजन तथा खाद्यानबालीका बीउ सहज रुपमा पाउने भएका छन् । हाल सो सेन्टरले तरकारीका पनि बीउबिजन प्याकिङ गरी बजारमा ल्याएको छ । पहिलो चरणमा भिन्डी, बोडी, मुला, काउली, प्याज तथा सिमीजातका नगदेबाली प्याकिङगरी बजारमा बिक्री गरेको र बीउबिजन आपूर्ति गर्न हम्मेहम्मे हुने गरेको सञ्चालन केसीको भनाइ रहेको छ । यसअघि भारतबाट आएका बीउबिजन यहाँका किसानले प्रयोग गर्दै आएका थिए । जसले गर्दा उनीहरूले महँगोमा बीउबिजन खरिद गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति: शनिबार, अशोज ९, २०७२