बिहिबार, बैशाख १३, २०८१

म्याग्दीमा कृषि क्याम्पस

म्याग्दी, ९ असोज । बिममा रहेको किसानी प्राविधिक शिक्षालयलाई कृषि क्याम्पस सञ्चालनको स्वीकृति दिइएको छ ।
विसं २०६८ सालदेखि १५ महिने कृषि जेटिए विषयको अध्यापन गराउँदै आएको शिक्षालयको स्तर वृद्धि गरी कृषि क्याम्पस स्थापना गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अनुमति दिएको हो ।
तीनवर्षे स्नातक तहमा बालीविज्ञान विषयको अध्यापन गराउन अनुमति पाइएको प्राविधिक शिक्षालयका संयोजक वेगप्रसाद गर्बुजाले जानकारी दिए । उनका अनुसार अनुमति पाइएसंंगै शैक्षिक सत्र २०७२/०७३ का लागि पठनपाठन सुरु गर्नका लागि विद्यार्थी भर्ना अभियान सुरु गर्ने तयारी भइहेको छ ।

प्रकाशित मिति: शनिबार, अशोज ९, २०७२