शनिबार, बैशाख ८, २०८१

नेपाल कृषि अनुसन्धान परिषद् मा तालाबन्दी

tala bandi

काठमाडौं, असोज । कृषि विकास मन्त्रालय मातहतमा रहेको नेपाल कृषि अनुसन्धान परिषद्का कार्यरत ज्यालादारी तथा करारमा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नार्कका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पूर्ण रुपमा वेवास्ता गर्दै बाहिरबाट कर्मचारी भर्ना गर्न थालेपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् । निम्नस्तर पदमा १३० जना कर्मचारी भर्नाका लागि नार्कले लोकसेवा आयोगको स्वीकृतिमा खुल्ला प्रतिष्पर्धा भन्दै अन्तर्वाता लिएर धमाधम कर्मचारीहरुलाई स्थायी नियुक्ति दिईरहेको छ ।
नार्कले हाल लिएको लिखित तथा अन्तर्वाताका सम्पूर्ण परिक्षा सर्वप्रथम नार्क मै कार्यरत कर्मचारीहरुलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गराएर मात्र खुल्ला रुपमा बाहिरका कर्मचारीहरु भर्ना गर्नु पर्ने माग आन्दोलनमा उत्रिएका कर्मचारीहरुले राखेका छन् । निम्नस्तरको पदका लागि नार्कको २३८ औ वैठकले  कर्मचारी स्थायी नियुक्ति गर्नका लागि कार्यअनुभवलाई आधार बनाएको भएपनि २४० औं वैठकबाट कार्यअनुभवको मापदण्डलाई खारेजी गरेको छ ।

ttttt
नार्कको कार्यालय भित्र लेखा सहायकको अन्तवार्ता दिउ“सो ३ ः ३० बाट भईरहेको भएपनि आन्दोलनमा उत्रिएका कर्मचारीहरुले नार्कले लिएको सम्पूर्ण परिक्षा खारेजी गर्नु पर्ने माग राख्दै जुलुश धर्ना सहित नाराबाजीमा उत्रिएका छन् । नार्कमा नै ज्यालादारीमा कार्यरत सहायक स्तर कर्मचारी संजय मानन्धरको नेतृत्वमा आन्दोलन भईरहेको छ । भने नार्कको मूलगेटमा ताला बन्द गरिएको छ । तालाबन्दी भएका कारण कर्मचारी प्रांगणमा नै थुनिएका छन् ।
नार्कको सो कर्मचारी भर्ना अवैधानिक भएको र १५ २० बर्षदेखि काम गरिरहेका कर्मचारीहरुलाई पाखा लगाउरु खुल्ला प्रतिष्पर्धाका नाममा पाटीकरण गर्दै कर्मचारी भर्ना गरिएको उनीहरुको आरोप लागेको छ । नार्कको कर्मचारी भर्नाका विरुद्ध उनीहरुले आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६५५७ दर्ता नम्वरमा हाल सञ्चालन भईरहेको नियुक्ति प्रक्रिया खारेजीका लागि उजुरी समेत गरेका छन् ।
नार्क प्रशासनले आन्दोलित कर्मचारीहरुको मागलाई वेवास्ता गरेर अगाडि बढ्न खोजे भोलीदेखि नार्क मातहतमा रहेका मुलुकभरका सम्पूर्ण कार्यलयमा ताला बन्द गर्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति: बुधबार, अशोज ६, २०७२