सोमवार, बैशाख ३, २०८१

बर्षेनी २० हजार माटो परिक्षण गर्न सकिने व्यवस्था मिलाएका छौं

durga-dawadiiiii

दुर्गा प्रसाद दवाडी
कार्यक्रम निर्देशक : माटो व्यवस्थापन निर्देशनालय

० पछिल्लो समयमा माटो जा“च तर्फ किसान आकर्षण भएका छन्, नेपालमा माटो जा“चको आबश्यकता कत्तिको छ ?
बाली व्यवसायिकरण उन्नत र बर्णशंकर जातको प्रयोगले माटोबाट बिरुवालाई आबश्यक पौष्टिक तत्वको बढि उपभोग गर्दै जान्छ र माटोमा बिरुवालाई आबश्यक पौष्टिक तत्व रितिदै गएको हुन्छ । माटोबाट बिरुवाले उत्पादन हु“दा खपत भएको तत्व पुरा गर्नु पर्ने हुन्छ । यस अवस्थामा लगाउने बालीमा खाद्य तत्व कति आबश्यक पर्दछ सो को सिफारिस माटो जा“च गरे पछि मात्र कृषकलाई थाहा हुन्छ । असन्तुलित रसायनिक मलको प्रयोगबाट माटोको बनोट र अम्लियपना बढदै जान्छ । नेपालको माटोमा करिब ६९ प्रतिशत जमिनको माटो अम्लियपना रहेको र माटोमा कति अम्लियपना रहेको छ र सो अम्लियपना सुधार गर्न कति कृषि चुनको आबश्यक पर्दछ सो को जानकारी माटो जा“चबाट मात्र सम्भब छ । माटो सुधार गर्ने जानकारी प्राप्त गर्न माटो जा“च अनिबार्य छ ।
० माटो सुधारका लागि माटो जा“च अनिवार्य छ भन्नु भो किसानका लागि माटो ब्यवस्थापन निर्देशनालयले के गरिरहेको छ त ?
महत्वपूर्ण विषय नै यही हो । किसानहरुले जवसम्म माटो सुधार गर्न सक्दैनन् तवसम्म उत्पादन बृद्धि गर्न गाह्रो हुन्छ । त्यसकारण माटो सुधार गर्न निर्देशनालयले मुख्यतया माटो परिक्षण तथा मलखाद सिफारिस गर्ने, भकारो सुधार तथा भर्मिकम्पोष्ट सहयोग कार्यक्रम, कृषि चुन ढुवानीका लागि अनुदान, प्रांगाँरिक मलको प्रयोग बृद्धि गर्न प्रागारिक मलमा अनुदान दिने कार्यक्रम, कृषि चुन उद्योग स्थापनालाई प्राथमिकता दिंदै आएका छौं । त्यस्तै मलखाद परिक्षण शुक्ष्म खाद्य तत्व परिक्षण, मलखादो गुणस्तर नियमन गर्ने कार्यहरु पनि हामीले गरिरहेका छौं ।
० प्रांगारिक कृषि उत्पादनका कुरा बढी चर्चामा आएको छ । यहा“हरुले मल उत्पादनका लागि अनुदान पनि दिनु भएको छ के हो प्रागाँरिक र यसले माटो सुधारमा कस्तो भुमिका खेल्दछ ?
हो, पछिल्लो समयमा प्रांगारिक कृषि उपज उत्पादनमा किसानहरु आकर्षित हुनु भएको छ । उपभोक्ताको माग पनि प्रांगारिक उत्पादन कै बढ्दै गएको छ । प्राण भएको बनस्पति र प्राणी जन्य बस्तुबाट बिघटन प्रकृयाबाट बनाईएको फाईदाजनक शुक्ष्म जिबाणुहरु भएको बिरुवाको खाद्य तत्व भएको प्राकृतिक बस्तु प्रांगाँरिक मल हो । र यसले माटो सुधारका लागि धेरै नै फाइदा पु¥याउ“छ । जस्तो : माटो हलुको बनाउ“छ, माटोमा शुक्ष्म जिबाणुको क्रियाकलाप बृदि गराउ“छ, माटोको पि एच सन्तुलनमा सहयोग पु¥याउ“दछ, माटोको पानी धारण गर्ने शक्ति बढाउ“छ, माटो हलुको र गोडमेल गर्न सजिलो बनाउ“छ, माटोको बनौट र बुनोटमा सुधार ल्याउ“छ । प्रांगारिक मल भनेको दिगो कृषि उत्पादनको आधार हो ।
० त्यसो भए प्रागारिक मलको प्रयोगमा बृद्धि गराउनका लागि राज्यले के गरिरहेको छ त ?
बिगत २०६७/६८ देखि २०७१/७२ सम्म प्रागाँरिक मल उत्पादन गर्न चाहने ब्यबसायीहरुलाई मेशिनरी सामाग्रीहरु खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराईएको थियो । यस आर्थिक बर्षबाट प्रांगाँरिक मलको प्रयोगबाट माटोको गुणस्तर सुधार गर्न जिल्ला स्तरिय प्रांगाँरिक मल अनुदान कार्यविधि २०७२ स्वीकृत भै सोही कार्यविधि अनुसार नेपालमा उत्पादन गरिएको न्यूनतम मापदन्ड पूरा गरेको प्रांगाँरिक मलमा प्रति के जि १० रुपैयँ“ अनुदान जिल्ला स्तरबाटै उपलब्ध गराउने कार्यक्रम रहेको छ । यस कार्यक्रमबाट एकातिर कृषकहरुले सुलभ मुल्यमा प्रांगाँरिक मल पाउने छन् भने अर्को तर्फ हालसम्म नेपाल सरकारको अनुदान तथा अनुदान लिई स्थापना भएका प्रांगाँरिक मल उद्योगहरुले गुणस्तरीय प्रांगाँरिक मल उत्पादन गर्न प्रतिष्पर्धा हुन गई स्वदेशी उद्योगलाई टेवा मिल्नुका साथै बढ्दो रसायनिक परनिर्भरतालाई क्रमश न्यूनिकरण गरी दिगो कृषि उत्पादनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
० माटो जा“च सेवा कृषकको पहु“चमा कसरी पु¥याउने त ?
प्रथमत नेपालभर केन्द्रिय रुपमा माटो ब्यवस्थापन निर्देशनालयमा रहेको केन्दिय प्रयोगशाला लगायत ७ स्थानमा रहेका माटो प्रयोगशालाहरुबाट बर्षेनी करिब २० हजार जति माटो परिक्षण गर्न सकिने व्यवस्था मिलाएका छौं । यसको अलावा जिल्ला कृषि बिकास कार्यालयहरुको माग अनुरुप स्थलगत माटो परिक्षण शिबिरबाट पनि माटो परिक्षण सेवामा कृषकको सहज पहु“च पु¥याउने कार्य भैरहेको छ । यसको साथै हालसालै मात्र माटो व्यवस्थापन निर्देशनालयमा घुम्ति माटो परिक्षण प्रयोगशाला प्राप्त भएको छ त्यसबाट समेत पकेट क्षेत्रमा नै कृषकको माटो परिक्षण सेवा प्रदान गर्ने कार्यक्रम रहेको छ । आ ब २०७१÷७२ मा घुम्ति माटो परिक्षण प्रयोगशालाबाट ८ स्थानको माटो परीक्षण प्रयोगशालाको प्रयोगबाट माटो परिक्षण कार्य सम्पन्न गरी माटो जा“च तथा मलखाद सिफारिस कार्य भएको थियो भने आ ब २०७२÷७३ मा २४ वटा घुम्ति माटो परिक्षण प्रयोगशालाको माध्यमबाट माटो जा“च तथा मलखाद सिफारिसको कार्यक्रम रहेको छ । जसबाट माटो परिक्षण सेवामा कृषकको पहूुच सहज रुपमा बृद्धि हुनेछ भन्ने बिश्वास लिईएको छ ।
० त्यसो त भकारो सुधार कार्यक्रम सञ्चालनमा छ किसानहरुले कत्तिको फाइदा लिएका छन् ?
गाई बस्तुको गोबरभन्दा गहु“तमा बिरुवालाई आबश्यक तत्वहरु बढी भएको र हाल गहु“त त्यसै खेर गईरहेकोले त्यसलाई उपयोग गर्ने र भकारो अर्थात गोबर फ्या“““क्ने ठाउ“मा छानोको ब्यवस्था गरि घाम र पानीबाट मललाई बचाई गुणस्तरिय प्रांगारिक मल घर घरमा नै उत्पादन गर्न सहयोग गर्ने कार्यक्रम नै भकारो सुधार हो यो सञ्चालनमा छ । यो कार्यक्रम पकेट क्षेत्रमा ऋगिकतभच मा सन्चालन गरिने र कार्यक्रम सम्पन्न पश्चात ५ हजार २ सय नगद अनुदान दिईने कार्यक्रम रहेको छ । जसका कारण गुणस्तरीय प्रांगारिक मलको प्रयोगबाट माटोको उर्बराशक्ति कायम राख्ने र गहू“तको प्रयोगबाट यूरिया मलको प्रयोग कम गर्नुको साथै घरेलु बनस्पति जन्य बिषादी घर घरमा तयार हुने बाताबरण तयार भै बिषादीको प्रयोगमा समेत न्यूनिकरण गर्न सकिने भएकाले किसानहरुले फाइदा लिईरहेका छन् ।
० भर्मिकम्पोष्ट कार्यक्रमको बारेमा थोरै जानकारी दिनुस् न ?
बिशेष प्रकारको गड्यौलालाई घरेलु फोहर तथा कम्पोष्टहर्रु खुवाएर त्यसको बिष्टाबाट निस्कने चियापत्ति जस्तो दानादार मललाई भर्मिकम्पोष्ट भनिन्छ । यो कार्यक्रम कृषक समुह तथा सहकारी मार्फत ऋगिकतभच मा नै सन्चालन गरिन्छ । यो कार्यक्रम कृषक समुह तथा सहकारीस“ग सम्झौता गरि सम्झौता अनुसार भकारो सुधार सहित २ वटा भर्मिबेड तयार गर्ने कृषकलाई प्रति कार्यक्रम २५ हजार नगद अनुदान उपलब्ध गराईने कार्यक्रम रहेको छ । यस कार्यक्रमबाट उत्पादित प्रांगाँरिक मल अन्य प्रांगाँरिक मल भन्दा अत्यन्त राम्रो र घर घर मा नै उत्पादन गर्न सकिने र उत्पादित मलको आफै उपयोग गर्न सकिने गुणस्तरीय प्रांगारिक मल हो । त्यसको अलाबा भर्मिकम्पोष्ट मल उत्पादन हु“दा थोरै सुधार गरि मलको झोलको रुपमा भर्मि वास समेत उत्पादन गर्न सकिन्छ जुन बिरुवाको बृद्धिबर्धक झोलको रुपमा प्रयोग गर्न सकिन्छ ।
० निर्देशनालयबाट अरु कुनै के सेवा किसानहरुलाई प्रवाह गरिरहनु भएको छ ?
माथिका कार्यक्रमको अलाबा बजारमा उपलब्ध प्रांगाँरिक मल रसायनिक मल तथा सुक्ष्म खाद्य तत्व यूक्त मलको गुणस्तर परिक्षण गरि नियमन कार्य गर्ने र प्रयोगशाला परिक्षण गरि जिल्ला कृषि बिकास कार्यालय मार्फत गुणस्तरीय कृषि सामाग्रीहरु प्रचार प्रसारमा सहयोग गर्ने र गुणस्तरहिन सामग्री उत्पादन र बिक्री बितरण गर्ने ब्यक्ति वा सस्थालाई कानुनी दायरामा ल्याउने काम पनि गरिरहेका छौं । यसको अलाबा माटोको उर्बराशक्ति नक्सा तयार उपयोग तथा कार्यक्रम अनुगमन गरि जिल्ला कृषि बिकास कार्यालयका प्राबिधिकहरुलाई प्राबिधिक ज्ञान उपलब्ध गराउने रहेको छ । भने नियमित कार्य अन्तरगत माटो जाूच मलखाद सिफारिस माटो परिक्षण शिबिर सञ्चालन एकिकृत खाद्य तत्व कृषक पाठशाला सञ्चालन सुक्ष्म खाद्य तत्व परिक्षण र बिशेप कृषि कार्यक्रम अन्र्तगत भकारो सुधार तथा भर्मिकम्पोष्ट मल सम्वन्धि काम गरिरहेका छौं ।  -वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: बुधबार, अशोज ६, २०७२