बुधबार, बैशाख १२, २०८१

बन्दका कारण बुढी अदुवा बिकेन

उदयपुर, ५ असोज । एक महिनादेखि जारी रहेको बन्दका कारण बुढी अदुवा बिक्री नहँुदा उदयपुरका पहाडी क्षेत्रका कृषक मारमा परेका छन् । साउन, भदौको मध्य समयमा बिक्रि गर्नुपर्ने बुढी अदुवा(माउ अदुवा) सोही समय भएको बन्दले गर्दा कृषक मारमा परेका हुन ।
चैत्र तथा बैशाख महिनामा रोपिएको माउ अदुवाको गाना साउन दोस्रो हप्ताबाट भदौको अन्तिम साता भित्र अदुवाकै बोटबाट झिकेर विक्री गर्न मिल्छ । बिक्री गर्ने समयमा बजारहरु पुर्ण रुपमा बन्द भएपछि बिक्री नभएको अदुवा कृषकहरुको भनाई छ । ६÷७ वर्ष अघिदेखि व्यवसायिक अदुवा खेती गर्दै आएका सोरुङका अदुवा कृषक कमल राउतले बन्द हड्तालको मार पहाडी क्षेत्रमा अदुवा कृषकलाई परेको बताए । राउतका अनुसार जिल्लाकै कटारी बजार हुँदै सिराहाको मिर्चैया, लहान लगायतका बजारमा बिक्री गर्न लानु पर्ने भएपनि तराईका बाजर पुर्णरुपमा बन्द भएका थिए । यसरी बन्दभएपछि अदुवा बिक्री हुन कृषको गुनासो छ । सदरमुकाम असापास पर्ने रौता पोखरी, आँपटार, खाँबु क्षेत्रका पनि माउ अदुवा बिक्री नभएको स्थानीय कृषको भनाई छ ।
कृषकको घरमै प्रतिकेजी ५० देखि ६० रुपैँयासम्म मूल्य दिएर खरिद गर्न आउने अदुवा व्यवसायी तराईका बजार पुर्णरुपमा बन्द भएको कारण कोही नआएको कृषकले गुनासो गर्दै आएका छन् । उदयपुरमा विशेष गरेर सोरुङ छविसे, मयांखु, लेखानी, हर्देनी, सिरिसे, लिम्पाटार लगायतका क्षेत्रमा एक दशक अगाडीदेखि कृषकले व्यवसायिक अदुवा हुने गरेको छ ।
विगतको वर्षमा जसरी यस वर्ष आफुहरुले माउ अदुवा बिक्री गर्न नपाएको हर्देनीका अर्का कृषक कुमार राउतले बताए । राउतले एक घर परिवारले आफुसंग भएको सम्पुर्ण खेतबारीमा ४ देखि १० कुईण्टलसम्म रोपेको माउ अदुवा बिक्री गर्न नपाएकपछि निराश बनेका छन् । माउ अदुवा झिकेर बिक्री गर्दा पनि अदुवाको बोट नबिग्रिकन सोही बोटले फल झनै राम्रो दिने कृषको भनाई छ ।
कृषी प्रविधिका अनुसार चैत्रमा वैशाखमा रोपेको अदुवाको माउ अदुवार साउन भदौमा बिक्री गर्दा कात्तिकको अन्तिमा साताबाट बिक्रीको तयार हुने गर्छ । जिल्ला कृषी विकास कार्यालय उदयपुरको तथ्यङक अनुसार मसाला बालि आन्र्तगत पर्ने अदुवा उदयपुरमा २६ हेक्टर क्षेत्रमा १६ दशमलव १२ मेट्रिकटन वर्षेनी उत्पादन हुने गरेको छ । जिल्लामा कृषकले लगाउने मसाला बालिको खेतीमा अलैँची, लसुन, प्याज, मध्ये बढी खेती हुने अदुवानै रहेको कृष विकास कार्यालयका प्रमुख पवन गिरीले जानकरी दिए । -बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: मङ्लबार, अशोज ५, २०७२