बुधबार, बैशाख १२, २०८१

विषादीयुक्त तरकारीबाट उपभोक्ता मर्कामा

मेलम्ची, ४ असोज । कीटनाशक विषादी प्रयोग गरेपछि तत्कालै बजारमा ल्याएर कृषकले तरकारी बिक्री वितरण गर्दै आएकाले जनस्वास्थ्यमाथि प्रतिकूल असर पर्न थालेकाले उपभोक्ताले गुनासो गर्न थालेका छन् । विषादी प्रयोग गरेपछि पर्खनुपर्ने समयको वास्ता नगरी तरकारी तथा फलफूल बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि नै असर परेको र लापार्बाही भएको सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्रका उपभोक्ताले आरोप लगाएका छन् ।
विषादी प्रयोग गरेपछि खानयोग्य हुँदामात्रै कृषकले बजारमा बिक्रीका लागि ल्याउनुपर्ने तर त्यस्तो नभएको मेलम्ची बजार क्षेत्रका स्थानीयवासी महेश दुलालले बताउनुभयो । यस विषयमा जिल्ला कृषि विकास कार्यालयले कृषकलाई सचेत गराउनुपर्ने उहाँको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयले कृषकलाई कार्यालय र मातहतका कार्यालयले पटक पटक विषादीको प्रयोग न्यूनीकरण गर्ने, यदि गरिए पनि सुरक्षित विषादी प्रयोग गर्न र गरेपछि खानयोग्य हुने अवधिबारे जानकारी गराउँदै आएको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज ४, २०७२