शुक्रबार, चैत्र १६, २०८०

अन्तत : पटनाडेरीसँग बुधबार नै सम्झौता

काठमाडौं,३ असोज । संविधान निर्माणका क्रममा सिमांकनको विवादलाई लिएर जारी भएको आन्दोलनका कारण किसानहरुले उत्पादन गरेको दूध विक्री नभएपनि मिल्क होलिडे शुरु भएको थियो । मिल्क होलिडे शुरु भएपनि किसानहरुले सरकारलाई दवाव दिन भन्दै विभिन्न जिल्लामा आफूले उत्पादन गरेको दूध सडकमा फ्याँकेका थिए । दुग्ध विकास संस्थानले बन्दको बहानामा किसानहरुले उत्पादन गरेको दूध नकिनिदिएको आरोप लगाउँदै विभिन्न किसानसँग सम्वन्धित संस्थाहरुले विरोध समेत गरेका थिए । मिल्क होली डे हुन नदिनका लागि नेपाली किसानले उत्पादन गरेको दूध भारतको पटना निर्यात गर्ने र त्यसका लागि प्रतिलिटर ६ रुपैयाँका दरले अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयसँग कृषि विकास मन्त्रालयले रकम मागेको थियो । patna
किसानहरुले उत्पादन गरेको दूध खपत हुन नसक्दा दैनिक करीव ३० हजार लिटर दूध बचत भएपछि पटनामा दूध निर्यात गर्न सकिने कृषि सचिवल केही दिन अगाडि मात्र बताएका थिए । नेपालमा उत्पादित दूध खपत भएर बचत भएको नभईए विभिन्न आन्दोलनका कारण दुग्ध विकास संस्थान लगायतका निजी डेरीहरुले संकलन गरेपछि मिल्म होलि डे भएको हो । साउनमहिनादेखि करीव पुस महिनासम्म नेपालमा दूधको उत्पादन बृद्धि हुने भएपनि त्यसपछिका महिनामा भने दुध उत्पादन घट्ने गरेको विगतका बर्षहरुका तथ्यांकले नै देखाउँछ । दुग्ध विकास संस्थानका अधिकारीहरु भने विनासकारी भूकम्प पश्चात दूधको उपभोग घटेको बताउँछन् । यही अवधिका गत भाद्र १ गतेदेखि नेपालको सवैभन्दा ठूलो दूध कारखानाका रुमपा रहेको चितवन मिल्क बन्द रहेको छ । चितवन मिल्क सञ्चालन गर्न तर्फ राज्यले चासो दिएको भए सायद नेपालमा मिल्क होलिडेको अवस्था आउने थिएन । एकातिर सरकार नेपाली उद्योगको विकासका लागि अग्रसर देखिए जस्तो गर्दछ भने अर्कोतिर चितवन मिल्क जस्ता उद्योग बन्द हुँदा पनि सञ्चालन गर्न तर्फ चासो नदेखाउनुले प्रश्न चिन्ह उब्जिएको छ ।
अर्थ मन्त्रालयले कृषि विकास मन्त्रालय मार्फत दुग्ध विकास संस्थानलाई प्रति लिटर ६ रुपैयाँका दरले दैनिक ३० हजार लिटर दूध पटना पठाउनका लागि अनुदान दिने सहमति दिएको भएपनि निर्णय भने भएको थिएन । यद्यपी सहमति पाउना साथ दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगाप्रसाद तिमल्सेना पटनाडेरीसँग सम्झौता गर्न पटना पुगेका थिए । यता सहमति दिएको भएपनि मन्त्रीपरिषद्बाट निर्णय हुनु अगाडि नै पटनाडेरीसँग सम्झौता गरिएको छ । गत बुधबार नै पटनाडेरीसँग अनुदानको दूध विक्रीका लागि सम्झौता गरी फर्केको दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगा प्रसाद तिमल्सेनाले कृषिलाई टेलिफोनमा बताए । भने यता नेपाल सरकारले विहीबार नै दूधमा दिने अनुदानको निर्णय गरेको थियो ।
सरकारले दैनिक ३० हजार लिटरका दरले तीन महिनासम्म पटनाडेरीलाई अनुदानको रकमको दूध विक्री गर्ने गरी सहमति दिएको छ । जसबाट दूध विक्रीका लागि मात्र सरकारलले करीव १ करोड ६२ लाख गुमाउनु परको छ । महाविनाशकारी भूकम्प पश्चात १० हजारको संख्यामा ठूला पशु(गाईभैसी) मर्नु र दूध बढी उत्पादन भएको भन्दै भारतीय पटना डेरीलाई अनुदानमा दूध विक्री गर्नुले पक्कै दूधमा राजनीति भयो कि भन्ने आशंका व्यक्त गरिएको छ । पटनालाई दिएको त्यत्ति ठूलो रकम चितवन मिल्कमा प्रयोग गरिएको भएपनि नेपाली किसानले उत्पादन गरेको दूध चितवन मिल्कमा नै तह लगाउने सकिने भएको भएपनि त्यसो गरिएन । जसले शंका उत्पन्न गराएको छ ।

प्रकाशित मिति: आइतवार, अशोज ३, २०७२