शुक्रबार, चैत्र १६, २०८०

राप्तीपारि क्षेत्रलाइ रिजमको अनुदान

बाँके,३ असोज । कृषि विकास मन्त्रालय मातहतमा सञ्चालमा रहेको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना मार्फत एसियाली विकास बैंकले कृषिको पकेट गाविस भनेर चिनिने बाँकेको बैजापुरमा अनुदान दिएको छ ।
एसियाली बैंकले राप्तीपारि क्षेत्रको प्रतिनिधित्व गर्ने भुवर भवानी बहुउद्देश्यीय कृषक सहकारी संस्था बैजापुरसँगको साझेदारीमा साना तथा मझौला कृषकको आयस्तर वृद्धिका लागि लाखौँ रुपैयाँ अनुदान दिएको हो । लामो समयदेखि नेपालगञ्जमा कार्यालय स्थापना गरेर बसेको सो आयोजनाले किसानहरुको जीवनस्तर सुधार गर्नका लागि यो परियोजना सञ्चालन गरेको बताइएको छ ।
सहकारी संस्था बैजापुरका सचिव मीनकुमार थारूका अनुसार मसुरो उत्पादन, सङ्कलन तथा प्रशोधनका लागि रु ५८ लाख ६६ हजार ६ सय १० अनुदान दिएको हो । यसले गर्दा गाविसमा रहेका १० वटा कृषक समूहलाई निकै राहत मिल्ने भएको छ ।
सहकारीका सचिव थारूले एक वर्षका लागि दिएको अनुदान कार्यक्रम आगामी वर्षको असार अन्तिमसम्म सकिने बताए । मसुरो उत्पादन, सङ्कलन तथा प्रशोधन कार्यक्रम सफल पार्नका लागि दुई हजार क्विन्टल मसुरो अट्न सक्ने गोदाम घर निर्माण, पावर टिलर १० थान, पम्पसेट १० थान र बोर्डिङ १० थान किसानलाई हस्तान्तरण गरिसकेको जानकारी समेत उनले दिए ।

प्रकाशित मिति: आइतवार, अशोज ३, २०७२