शुक्रबार, बैशाख ७, २०८१

भारतीय बजारमा दूध निर्यात

वाँके, १ असोज । नेपालगन्ज बजारसम्म सहज यातायातको सुविधा नभएका कारण जिल्लाको राप्तीपारिका केही गाविसमा उत्पादित दूध सीमापारि भारतीय बजारमा निर्यात हुने गरेको छ। बाँके जिल्लाको विकट राप्तीपारि क्षेत्रअन्तर्गत पर्ने अधिकांश गाविसका किसानले  भारतीय बजारमा दूध निर्यात विक्री गरिरहेका छन् ।  सो क्षेत्रको बैजापुर, काँलाफाटा, लक्ष्मणपुर, गङ्गापुर, बिनौना, मटेहिया, कट्कुइँया र नरैनापुर गाविसका किसानले भारतीय बजारमा दैनिक एक हजार लिटरभन्दा बढी दूध बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज १, २०७२