बिहिबार, बैशाख १३, २०८१

नवलपरासीमा धान घट्ने भो

नवलपरासी,१ असोज । एक महिनादेखिको मधेस बन्दका कारण नवलपरासीमा किसानले रासायनिक मल नपाएपछि यस वर्ष धानको उत्पादन १० प्रतिशतले घट्ने भएको छ । सरमुकाम परासी एवं सम्पूर्ण मधेस क्षेत्र साउन २५ गतेदेखि बन्द भएपछि जिल्लामा रासायनिक मलको अभाव भएको छ । बन्दका कारण मल नपाउँदा धान खेतमा मल हाल्न नपाएका कारण खेतको हरियो धान क्रमशः पहेंलो भएको छ । जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ४६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा यस वर्ष धानमा रासायनिक मल छर्ने मुख्य बेलामा मधेस बन्द भएकाले मल छर्न नपाइएकाले यस वर्ष पछिल्लो वर्षको तुलनामा पाँचदेखि १० प्रतिशत धान उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

नवलपरासीको मधेस र नवलपुरको भित्री मधेस क्षेत्रमा मुख्य रूपमा धान खेती हुने गरेको छ । जसमा प्रतिहेक्टर १२० किलोको दरले पाँच हजार ५८४ टन युरिया, ८० किलोको दरले तीन हजार ७२३ मेट्रिक टन डिएपी एवं ६० किलाको दरले दुई हजार ७९२ मेट्रिक टन पोटास आवश्यक पर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज १, २०७२