बिहिबार, फाल्गुन १७, २०८०

लुम्व्रिको झोल युरिया किसानलाई सहारा

काठमाडौं, २८ भाद्र । विभिन्न जिल्लामा आन्दोलनका कारण किसानले मलको अभाव खेप्नु परेको छ । धानबाली का लागि रासायनिक मल छर्ने महत्वपूर्ण समय भएको भएपनि तराई क्षेत्रमा भएको बन्द तथा आन्दोलनका कारण किसानहरुले सहज रुपमा रासायनिक मल पाउन सकेका छैन्न । धान उत्पादनका लागि महत्वपूर्ण मानिएका तराईका जिल्लाहरुका किसानहरु यतिखेखर धान खेतमा मल प्रयोग गर्न नपाएपछि चिन्तित देखिएका छन् । बन्दको कारण देखाउँदै कृषि विकास मन्त्रालय र मातहतका निकायले मल जिल्लामा पु¥याउन सकिरहेको छैन । Aminolom-Contrasal-300x300
विगतमा बर्षा नहु“दा सिंचाईका अभावले धान रोप्न नपाएर चिन्तित रहेका किसानहरु केही दिन परेको बर्षाका कारण खुशी देखिएको भएपनि यतिखेर मल अभाव खेप्नु परेपछि उनीहरुलाई फेरि चिन्ताले सताउन थालेको छ । किसानहरुलाई चिन्तालाई केही मात्रामा भएपनि राहत रासायनिक झोल मलका कारण किसानहरुलाई राहत पुगेको छ । विगतमा कृषि सामग्रीले विक्री वितरण गर्दै आईरहेको लुम्व्रिको झोल मल ढुवानीका लागि सहज भएका कारण पनि यो मल यतिखेर किसानका लागि फलदायी भएको छ । तराईका जिल्लामा ठूलो भारी वोकेर जान सम्भव नभई रहेका बेला किसानहरुलाई बोकेर साईकलमा नै लैजान पनि सजिलो भएकाले यतिखेर तराईमा लुम्व्रिकोले आफूलाई राम्रो उपस्थिति जनाएको छ ।
वा“के कोहलपुरबाट साईकलमा वोकेर लुम्ब्रिको झोल मल बोकेर गएका किसान रामतपेश्वर यादव भन्छन् अहिले बोराको मल पनि पाएको छैन । वोकेर जाँदा पनि गाह्रो हुने भएकाले झोल मल आफूले किनेको उनी बताउँछन् । लुम्व्रिको झोल मल बालीको फेदमा हाल्नु नपर्ने माथिबाट हाल्दा पनि राम्रो हुने भएकोले अहिले उनले झोल मल नै रोजेको बताउ“छन् । हुन पनि तराई भागमा अन्य आन्दोलनका कारण ठूलो बोराको मल खरिद गर्नेहरुलाई कुने बेला पु¥याउने भन्ने चिन्ताले सताएको बेला सहजै वोकेर लैजान सक्ने झोल मल लुम्व्रिकोले मद्दत पु¥याएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्बाट उत्पादन बृद्धिका लागि लुम्व्रिको महत्वपूर्ण झोल मल भएको भन्दै विगतमा नै यसले प्रशंसा पाईसकेको बताइएको छ ।
तरल रुपमा रहेको फोस्फोरस, पोटास र युरिया लुम्व्रिको मलका कारण किसानहरुले फाइदा लिन सक्ने बताइएको छ । बजारमा गेडामलको अभाव भएपनि त्यसको विकल्पका रुपमा किसानहरुले लुम्व्रिको झोल मल प्रयोग गर्न थालेका छन् । गेडा मल भन्दा सहज र प्रयोग गर्न पनि सजिलो भएकाले किसानहरुले यतिखेर लुम्व्रिको झोल मललाई नै मन पराउन थालेका देखिन्छन् ।

प्रकाशित मिति: सोमवार, भदौ २८, २०७२