बिहिबार, बैशाख १३, २०८१

नियम तोड्दै कृषि ऋणमा १४ प्रतिशत व्याज

काठमाडौं, भाद्र ।किसानहरुका नाममा जति नै ऐन नियम बनेपनि लागू गर्ने निकाय मौन बसेपछि कृषि क्षेत्रको विकास कसरी होला ? किसानहरुले कृषि उपज उत्पादन बढाउनका लागि सरकार वाणिज्य वैंकहरुबाट ६ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने भनिएको भएपनि अधिकांश वैंकहरुले सो नियमलाई टेरेका छैनन् । कृषि कर्जाका लागि ६ प्रतिशत होइन १४ प्रतिशत व्याज लिने वैक सिटिजन इन्टरनेशनल वैंकलाई राष्ट्र वैकले के कार्वाही गर्न सक्छ ? CZBIL
ललितपुरको मानभवनमा रहेको सिटिजन वैंकले कृषि ऋणका लागि १४ प्रतिशत व्याज लिने गरेको तथ्य खुलेको छ । घरजग्गा तथा सवारी साधन किन्नका लागि ११ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने सो वैंकले कृषिमा भने १४ प्रतिशत तोकेको छ । फास्ट ट्रयाकका नाममा सो वैकले ३ दिन भित्र ऋण उपलब्ध गराउने भन्दै व्यवसायिक किसानहरुसँग १४
प्रतिशत व्याज असुल्ने गरेको गुनासो आएप्छि मानभवन स्थित वैंकको शाखा कार्यालयमा पुगेको कृषि साप्ताहिकको सम्वाददातालाई पनि व्यवसायिक कृषि गर्नका लागि पाँच लाखसम्मको ऋण दिने तर त्यो १४ प्रतिशत व्याजदरमा हुने ऋण शाखामा कार्यरत एक महिला कर्मचारीले बताईन् । उनले आफ्नो नाम भने बताउन चाहिन् । कृषि ऋणमा ६ प्रतिशत व्याजदर लाग्ने भन्ने कुरा थियो नि त तपाईहरु कहाँ सहुलियतको ऋण छैन भन्ने प्रश्नमा ऋण शाखामा काम गर्ने ती महिला कर्मचारीले भनिने कृषि ऋण भने पनि उद्यमी ऋण भने पनि त्यही नै हो १४ प्रतिशत व्याज भन्दा कममा कृषिका लागि ऋण दिन नमिल्ने उनले बताईन् । त्यो भन्दा कम व्याजमा ऋण लिने हो भने घरजग्गा कर्जा वा सवारी कर्जा लिन सकिने र त्यसका लागि ११ प्रतिशत व्याजदर हुने भएकोले सजिलो समेत हुने उनको तर्क छ ?

प्रकाशित मिति: सोमवार, भदौ २८, २०७२