शुक्रबार, चैत्र १६, २०८०

दूधमा अनुदानको रकम दुरुपयोग हुने संकेत

काठमाडौं । विभिन्न कारण देखाउ“दै मुलुकभर मिल्क होलिडे भएपनि कृषि विकास मन्त्रालयले दूधमा अनुदान उपलब्ध गराएर भारत निर्यात गर्ने निर्णय ग¥यो । सोही बमोजिम अर्थ मन्त्रालयले पनि प्रति लिटर दूधमा ६ रुपैया“ अनुदान तीन महिनाका लागि दिने गरी स्वीकृत ग¥यो । तर अर्थ मन्त्रालयले दिएको ६ रुपैया“ अनुदान दुरुपयोग हुने सम्भावना बढ्दै गएको छ ।
नेपाली किसानहरुले उत्पादन गरेको दूध दुग्ध विकास संस्थानले नकिनिदिएको र धूलो दूध बनाउने एउटै मात्र उद्योग चितवन मिल्क बन्द भएपनि मिल्क होलिडे भएको हो । यतिखेर बन्द हड्तालका नाममा मिल्क होलिडे बनाउने र त्यसबाट निहित स्वार्थ पूरा गर्ने अभियानमा केही व्यक्तिहरु लागेका कारण यो अवस्था आएको दूध उत्पादनका क्रियाशील व्यवसायिक किसानहरुले नै बताउन थालेका छन् । अहिले पनि नवलपरासी, रुपन्देही, नेपालगञ्ज, मकवानपुर लगायतका सीमा क्षेत्रबाट सस्तोमा भारतबाट दूध आयात भईरहेका छ । त्यही भारतबाट आयात भईरहेको दूधलाई निजी डेरीहरुले खरिद गर्ने गरेका छन् ।milk holiday

नेपाली किसानको दूध नकिन्ने तर भारतको सस्तो दूध खरिद गरेर निजी डेरीहरुले विक्री गरेपछि नेपाली किसानहरुको दुध मिल्के होलिडे भएको हो । अर्को रोचक कुरा के छ भने ती क्षेत्रका निजी डेरीहरु र दुग्ध सहकारीहरुको मिलमतोमा भारतबाट सस्तो मूल्यमा ल्याएको दूधलाई विक्री भएसम्म विक्री गर्ने र विक्री नभएपछि दुग्ध सहकारीका माध्यमबाट दुग्ध विकास संस्थानका आयोजनाहरुलाई विक्री गर्ने गरिएको तथ्य कृषिलाई फेला परेको छ । नेपाली किसानहरुले उत्पादनको दूध खरिद नगरी भारतका सीमाबाट ल्याएका दूधलाई नै डिडिसीमा विक्री गरी सरकारले उपलब्ध गराएको प्रति लिटर ६ रुपैया“ अनुदानका सोही दूध भारत निर्यात गर्न तयारी गरिरहेको स्रोतले बताएको छ । नेपालमा उत्पादित दूधलाई मिल्क होलीडे हुन नदिनेका लागि दुग्ध विकास संस्थानले वितरण गर्दै आईरहेको दूधको उपभोक्ता मूल्य घटाएर दूधको उपभोक्ता खपत बढाउन सकिने र त्यसबाट मिल्क होलिडेको अन्त्य गर्न सकिने समेत स्रोतले बताएको छ । त्यसकारण नेपालमा कति उत्पादन बढी भएको यकिन नगरी अनुदान दिंदा त्यसको दूरुपयोग हुने भएकाले अर्थ मन्त्रालयले ध्यान दिनु आवश्यक छ ।

प्रकाशित मिति: सोमवार, भदौ २८, २०७२