शुक्रबार, बैशाख ७, २०८१

दुई दिने बीउ सम्मेलन शुरु

काठमाडौँ, २८ भाद्र । अनिकालमा बीउ जोगाउनु, हूलमुलमा जीउ जोगाउनु भन्दै उप्रधान तथा कृषि मन्त्री बामदेवले कृषि विकास मन्त्रालयले आयोजना गरेको दुई दिने राष्ट्रिय बीउ सम्मेलनको उद्घाटन गरेका छन् ।
काठमाडौंमा आयोजित सो सम्मेलनमा अनिकालमा बीउ जोगाउनु पर्ने तर्क राखेका कृषि मन्त्री बामदेवले महाविनासकारी भूकम्प पश्चात नेपाली किसानहरुले बीउको अभाव खेप्नु परेको विषयलाई खासै चर्चा दिन चाहेनन् । कृषि विकास मन्त्री भएपछि २ पटक मात्र कृषि विकास मन्त्रालयमा पाइला नै टेकेका उनले कृषि क्षेत्रको समस्याको समाधान गर्न तत्परता देखाएका छैनन् । कृषि मन्त्री वामदेव गौतमले अनुवंश परिवर्तित जिन (जिएमओ) बीउ नेपालका लागि अभिशापसिद्ध भएको समेत बताए । उनले नेपालको जैविक विविधता सुहाउँदो प्रमाणित गुणस्तरीय हाइब्रिड जातका बीउ प्रयोग गर्नु नै उपयुक्त हुने धारण राख्नुभयो ।
सरकारले जिएमओ प्रकृतिका बीउमा रोक लगाउन सकिने भए पनि हाइब्रिड जातका बीउ आयातमा रोक लगाउन नसकिने समेत उनले बताए ।
कार्यक्रममा कृषि सचिव उत्तमकुमार भट्टराईले अझै पनि नेपाली किसानहरुले खरिद गर्ने क्षमता हुँदा हुँदै पनि उचित समयमा मलखाद र बीउबिजन पाउन नसकेको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा भारतेन्द्र मिश्रले पाँच तारे होटलमा बीउको कार्यक्रम गरेर भाषणा गरेर मात्र गुणस्तरीय बीउ किसानले पाउन नसक्ने दावी समेत गरे । उनले परम्परागत खेतीमा परनिर्भर पूर्वजहरूको बीउ छनोट गर्ने प्रविधि वैज्ञानिक थियो भन्द बहुर्राष्ट्रिय कम्पनीको बीउ आयातमा होसियारी अपनाउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति: सोमवार, भदौ २८, २०७२