शनिबार, बैशाख ८, २०८१

किबीको बिरुवा बेचेर राम्रो आम्दानी

खोटाङ, २३ भाद्र । किवीको उत्पादन बढ्दै गएको र बजारका अभाव भएको भनिएता पनि किवीको  विरुवा विक्री गरेरै खोटाङ्गका एक किसानले भने राम्रै आम्दानी गरेका छन् । विगत तीन वर्षदेखि अगाडि किबीको नर्सरी सुरु गरेका दोर्पा चिउरीडाँडा–८ का शुभचन्द्र राईले एकै वर्षमा रु साढे पाँच लाख आम्दानी गरेका छन् ।
विभिन्न प्रजातिका किबीको नर्सरी राख्नुभएका राईले प्रति बिरुवा रु ६०० मा बिक्री गर्ने गरेका छन् । गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी यस वर्ष छ हजार ७०० वटा बिरुवा बिक्री गरेको उनले बताए ।
राईका अनुसार हेवार्ड प्रजातिको किबीको बिरुवा प्रतिवटा रु ३५०, रेड रु ५०० र गोल्डेन रु ६०० मा बिक्री हुने गरेको छ । उत्पादन गरेका बिरुवा नर्सरीबाटै बिक्री हुने गरेका छन् ।
पछिल्लो समय जिल्लाका कृषक किबी खेतीप्रति आकर्षित बनेपछि आगामी वर्ष बाह्र हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको राईले बताए । नर्सरीमा उत्पादित किबीको बिरुवा जिल्लाभित्रका सबै गाविस तथा छिमेकी जिल्ला भोजपुरमा समेत निर्यात हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७२