बिहिबार, बैशाख ६, २०८१

स्याङ्गजामा शीतभण्डार निर्माण

स्याङ्गजा, २३ भाद्र । नेपाल सरकारले प्रत्येक विकास क्षेत्रमा एक÷एक वटा शीतभण्डार निर्माण गर्ने नीति अघि सारेसँगै पश्चिमाञ्चल विकास क्षेत्रको शीतभण्डार जैसीडाँडामा निर्माण सुरु गरिएको हो । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ जैसीडाँडामा दुई हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सुरु भएको छ ।
स्याङ्जा शीतभण्डार सहकारी संस्था लिमिटेडमार्फत निर्माण थालिएको उक्त शीतभण्डारको लागत रु १८ करोड रहेको छ ।
सो सहकारी र सहकारी विभागको ५०÷५० प्रतिशत लगानीमा निर्माणधीन शीतभण्डारको हाल भित्ता ढलानको काम भइरहेको छ भने २०७३ पुससम्ममा निर्माण सम्पन्न हुने बताइएको छ ।
सुन्तलालाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिने र उपयुक्त समयमा बजारीकरण गरी उचित मूल्य लिन सकिने छ ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७२