शनिबार, जेष्ठ १२, २०८१

माछापालनमा बोटे समुदाय

काठमाडौं, २३ भाद्र । कुनै समय नदीमा माछा माररे जीवन चलाउँदै आएका देवचुली नगरपालिका–१ बोटे टोलमा बस्दै आएका बोटे समुदायको दैनिकी हिजोआज फेरिँदै गएको छ । आफ्नो जातको माछा मार्ने काम हो भन्ने सो समुदायमा हिजोआज त्यही माछाले दैनिकीमा परिवर्तन ल्याउन थालेको छ ।

पहिलेपहिले खोलामा माछा मार्न जाने सो समुदायले हिजोआज समूहमा आबद्ध भई गाउ“ नजिकै मध्यवर्ती वन क्षेत्रले प्रदान गरेको दुई बिघा चार कट्ठा जमिनमा तिनओटा पोखरी खनी माछापालन गर्दै आएका छन् । हाल त्यस टोलका बोट समुदाय ज्ञान ज्योति कृषक समूहमार्फत् माछापालन गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती उपभोक्ता समूह, माझी मुसहर बोटे कल्याण समिति नवलपरासी, सहमति गंैडाकोटलगायतको सहयोगमा माछा पोखरी खनी माछा पालन गर्दै आएका छन्, उनीहरू ।

माछापालनसँगै त्यस समूहमा आबद्ध सदस्यहरूले अहिले न्यूनतम् ५ सयका दरले मासिक बचतसमेत गर्दै आएका छन् । पहिलेपहिले जातिगत रूपमा नै शिक्षाको कमीले कहाँ के गर्ने भन्ने थाहा नपाउँदा पछि परेको बोटे समुदाय समयसँगै जागरुक हुँदै गएका छन् ।

‘पहिले धेरै जग्गा थियो तर अज्ञानताले आज पुस्तौंदेखि आपूm बस्दै आएको कतिपय घर परिवारको जग्गाको समेत लालपुर्जा छैन कतिपयको आफू बसेको बाहेक अन्य जमिन छैन,’ समुदायका अगुवा दीपक माझी भन् । हाल सो टोलमा करिब ५० घरपरिवार रहेका छन् । आफ्नो समुदाय जातिगत रूपमा र अशिक्षा कारण पनि पछि परेको तर हाल आएर विभिन्न संघसंस्थाको सहयोग र कार्यक्रम गर्दा केही बुझ्ने भएको दीपकले बताए ।

केही गर्नुपर्छ भन्ने सोचमा बोटे समुदायका व्यक्तिहरू कृषक समूह गठन गरी बचत संकलनदेखि समूहबाट पाछापालन गर्दै आएका छन् । गाउँसँगै रहेको माछा पोखरीमा उनीहरू सबै मिली कामको बा“डफा“ड गरी माछा उत्पादन गरी बेचिरहेका छन् । अगुवा दीपकका अनुसार सबैजना पालैपालो आफ्नो काम गर्ने गरेका छन् र माछा बिक्रीबाट आएको पैसा समूहमा जम्मा गर्दै आएका छन् । माछा पालनबाट आम्दानी हँुदै गएपछि समूहबाट थप पोखरी खन्ने योजना पनि रहेको उनले बताए ।

समूहमा जम्मा भएको रकम समूहबाट उनीहरू आफ्नै समुदायको लागि ऋण लगानी गर्ने गरेका छन् । समूहका सदस्यलाई पैसा आवश्यक परेका १२ प्रतिशत ब्याजमा दिने गरेको समूहका अध्यक्ष टीकाराम बोटे बताए ।

कसैलाई घाउचोट लाग्यो बिरामी भयो भने पैसाको लागि अरूसँग जानुपरेन समूहमा आपतकालीन कोष पनि छ त्यही बाट निकालेर उपचार गर्न पाइयो धेरै सजिलो भएको छ,’ समूहकी सदस्य सरिता बोटेले बताइन्, ‘कुनै काम गर्नका लागि केही पैसा चाहियो भने कहा“ जाने के गर्ने कोसँग माग्ने चिन्ता हुन्थ्यो कतिपय ठाउ“मा यो जातले लगेपछि दिन्न भन्ने गर्थे बैंकमा धितो चाहिन्थ्यो त्यसका लागि हामीसँग केही नहुने ठुलो समस्या हुन्थ्यो,अहिले समूहमा विनाधितो सस्तो ब्याजमा रिन पाइन्छ जसले जुन काम गर्छु भने पनि पैसाले गर्दा रोकिनुपर्दैन ।

प्रमिला बोटेले समूहबाट विनाधितो ऋण लगानीदेखि कसैलाई आपतकालीन अवस्था आए पैसा उपलब्ध गराउने साथै सस्तोमा आफ्नो समुदायका सदस्यलाई ऋण प्रदान गर्दै आएको सो संस्थाबाट ऋण लिएर धेरैले आफ्नो व्यवसाय समेत गर्दै आएको बताइन् ।

समुदायमा अहिले कोही बंगुरपालन, कोही बाख्रा पालन र कसैले किराना पसल सञ्चाल गर्दै आएका छन् । माछा पाल्ने हाल सो समुदायकै मुहार फेरिने क्रममा रहेको छ । समूहमा सबै मिली काम गरे समुदायकै विकास हुने उनीहरूको बुझाइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७२