शुक्रबार, बैशाख ७, २०८१

बजार नपाएर कुहिन थाल्यो स्याउ

मुगु, २२ भाद्र । जिल्लाका विभिन्न स्थानमा कृषकले फलाएको स्याउ पाके पनि जिल्ला कृषि विकास कार्यालयले स्याउ राख्ने बाकस उपलब्ध गराउन नसकेर बजार आसपासमा र बाहिर गाउँघरमा बजार नपाएर करोडौँका स्याउ कुहिन थालेका छन् । कृषकका बगैँचामा फलेको स्याउ पाकेर झर्न थालेपनि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा उपलब्ध गराउने बाकस समयमा नै वितरण नगरेपछि स्याउ कसरी बाहिर जिल्ला पठाउने भन्नेमा किसान चिन्तामा छन् ।
गाउँघरबाट जिल्ला सदरमुकामसम्म ढुवानीको व्यवस्था भएमा मुगुको स्याउ राम्रै मूल्यमा बिक्री हुने भएपनि ढुवानीको अभावकाले किसानहरु मारमा परेका छन् । कृषि कार्यालयले जिल्लामा फलेको स्याउ सहज रूपमा जिल्लाबाहिर लैजानका लागि स्याउ किसानलाई हरेक वर्ष अनुदानमा बाकस उपलब्ध गराउँदै आएको थियो तर तराई बन्दका कारण खरिद गरिएका बाकस बीच बाटोमा नै रोकिएकाले किसानलाई समयमै बाकस वितरण गर्न नसकिएको कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७२