शुक्रबार, बैशाख ७, २०८१

गाई खरिद र यसका बहुआयामिक पाटाहरु

नेपालमा पशुपालन व्यवसायलाई व्यवसायिक, आयमूलक र दीगो रुपमा अगाडि बढाउनको लागि व्यवस्थापनका सवालहरुमा सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अन्त्यन्तै आवश्यक छ । कुशल व्यवस्थापन (good Husbandry Management)पशुपालनको प्रमुख आधार हो । कुशल व्यवस्थापन भित्र पोषण व्यवस्थापन, प्रजनन व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन पर्दछन् । जसलाई सुक्ष्मरुपमा मूल्यांकन गर्दा पशुपालन व्यवसायको समग्र उपलब्धीको पशु प्रजनन्ले ३० प्रतिशत, पशु स्वास्थ्यले १० प्रतिशत र पशु आहार तथा व्यवस्थापनले ६० प्रतिशत योगदान पु¥याएको मानिन्छ । र करीव सोही अनुसार आर्थिक भार पनि पनै जान्छ । यसो गर्दा मात्र पशु बस्तुहरुलाई विभिन्न प्रकारका विकृतिहरुबाट जोगाउन सकिन्छ । यदि कुनै पनि बुँदामा उचित ध्यान पु¥याइएन भने व्यवसायमा लगानी बढी भै आम्दानी कम हुने गर्दछ र कृषकहरुले बाध्यताबश नोक्सानी स्वीकारर्नु पर्ने हुन्छ । k sapkota
उत्पादन र उत्पादकत्व सुधारका लागि पशुहरुको नश्लको नै छनौट गर्नु पहिलो आधार हो । पशु नश्लको छनौट पछि पोषण र व्यवस्थापनका सवालहरु आउनु पर्दछ । नश्ल नै राम्रो भएन भने जतिसुकै पोषण र व्यवस्थापनका पक्षहरु सवल भएपनि उत्पादन र उत्पादकत्व बृद्धिमा खासै सुधार गर्न सकिंदैन । यो विश्वव्यापी मान्यता हो । यही कुरालाई आत्मसात गर्र्दै नोपाल सरकारले पनि यस आर्थिक बर्षमा उन्नत जातका भारी संख्यामा कोरली गाईहरु किनेर पशु उत्पादन निर्देशनालय मार्फत किसानहरुलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने तयारी गरेको छ । हाल नेपालमा निश्चित संख्यामा भएका गाईका श्रोत केन्द्रहरुबाट आन्तरिक खरिद विक्रीले मात्र समग्र देशको दूध उत्पादनमा कुनै प्रभाव नपार्ने हालको अवस्थामा यो निकै राम्रो योजना हो । यसबाट किसानहरुले राम्रो नश्लको रुपमा राहतको अनुभूति गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय बजारमा उन्नत नश्लका गाईहरु खरिद गर्दा निम्न कुराहरु ध्यान दिनु आवश्यक छ ।
० कुनै पनि देशबाट गाई वा वीर्य ल्याउनु देशको लागि साधारण कुरा भने अवश्य होइन । नेपालमा सम्वन्धित देशको विदेशी जीन (Foreign Gene) वा विदेशी गाईहरुमा अन्तरनिहित जिनोटाइपिक गुण (Inhered Genotypic Characters) स्वदेशमा भित्रयाई विद्यमान पशुहरुमा घुलमिल गराउनु पनि हो । यसको असर पुस्तौसम्म रहन्छ । यस अर्थमा पनि जीन वा जीनजन्य कुनै पनि बस्तु आयात गर्दा नीनको modification, Adoption, Fixationजस्ता महत्वपूर्ण जेनेटिक्सका पारामिटरहरुलाई नजर अन्दाज गर्नु हुँदैन ।
० उन्नत जात भन्नाले कस्तो गाईहरुलाई भनिएको हो वा उन्नत जातका गाई (Improved Cattle) कस्तो गाईहरुलाई भन्ने स्पष्ट हुनु पर्दछ । नेपालमा पालिएका रैथाने गाईहरु बाहेकका अरु सवै विदेशी गाईहरुलाई उन्नत भन्ने भ्रम छ । उन्नत भनेको त स्थान विशेष हावापानी सुहाउँदो सुधारिएको जात हो । त्यो जुनसुकै जात पनि हुन सक्दछ । नेपालका लागि एउटा जातको गाई उन्नत हुन सक्दैन भने अमेरिकाको लागि अर्को र भारतको लागि अर्कै उन्नत हुन सक्दैन । उन्नत जातको नाममा विदेशी हावापानी र व्यवस्थापनमा मात्र उपयुक्त हुने गाईहरु भित्रिनु भने हुँदैन ।
०एउटा देशको उच्च तथा अत्याधुनिक प्रविधिको व्यवस्थापन मा पालन गरिएका उन्नत नश्लका गाईहरुबाट हुने उत्पादन नेपालमा हाम्रो व्यवस्थापनमा पनि उत्तिकै हुन्छ भन्ने विद्यमान भ्रममा पहिला सुधारा गर्नु पर्ने देखिन्छ । त्यसैले नेपाली पशुपालक किसानहरुले नेपालको व्यवस्थापनमा पालनपोषण गर्न सजिलो हुन र तागत तथा व्यवस्थापनको तुलनामा बढी फाइदामूलक जर्सी जातको गाई नै हो । कुनै पनि अरु जातसँग क्रस नभएको शुद्ध नश्लको जर्सी जातको गाई नै आयात गर्नु उपयुक्त हुन्छ ।
० व्यवस्थापन, रोगव्यादीको संक्रमण, थुनेलो, प्रजनन् विकृति लगायतका सवै अवयवहरुलाई अध्ययन गर्दा दीर्घकालिन रुपमा होलिस्टेन फ्रिजियन जातका गाईहरु नेपालका लागि त्यत्ति उपयुक्त हुँदैनन् । यसरी खरिद गरिने विदेशी नश्लका गाईहरु शुद्ध नश्लको जर्सी जातको मात्र होस् । उन्नत नश्ल भन्दैमा यदि होलस्टेन फ्रिजियन, शाहीवाल, ब्राउन स्वीस, थारपार्कर, रेड सिन्धी वा यिनीहरुका अनय कुनै पनि क्रस नेपाल भित्रिएमा अर्को समस्या पनि सँगसँगै भित्रिने निश्चित छ र यसको व्यवस्थापन निकै कठिन हुने छ ।
० नेपालमा भित्रिने गाईहरु नेपाली हावापानी सुहाउँदो वा अनुकूलको छ या छैन र नेपाली किसानहरुको व्यवस्थापनले उन्नत भनिए अनुसारको दूध उत्पादन लिन सक्दछन् भन्ने कुरामा पनि विशेष ध्यान दिनु उत्तिकै आवश्यक छ । यसरी खरिद गरी ल्याउँदा माउ वा दुहुनु गाईहरुको सट्टा जातीय गुणहरु प्रष्ट छुट्टिएको नव्याएको कोरली बाच्छीहरु ल्याउँनु आर्थिक तनाव, व्यवस्थापन, वातावरणीय अनुकूलता आदिका दृष्टिकोणबाट राम्रो हुन्छ ।
० हाल नेपालमा भएका दुधालु गाईहरुको फेनोटाइपिक गुण हेर्ने हो भने न त जर्सी जस्तो छ न त होलस्टेन जस्तो । तिनीहरुमा नेपाली गाईहरुको गुण पनि छ , अमेरिकन, अष्ट्रेलियन र जात नखुलेका इण्डियन गाईहरुको गुण पनि छ । तिनीहरु विभिन्न जातहरुका खिचडीको रुपमा देखिन्छन् । फेनोटाइपिक गुणका आधारमा कुन जातको गाई हो भनेर भन्न सक्ने अवस्था छैन । त्यसैले अव खरिद गरिने गाईहरुको शारीरिक अवस्था, स्वास्थ्य अवस्था, उत्पादन क्षमता, प्रजनन कुशलता जस्ता गुणहरु जाँच गरी गुणस्तरीय जर्सी गाई मात्र आयात गर्नु पर्दछ ।
नेपाली स्थानीय गाईसँग जर्सीको क्रस गरी जन्मेका गाई (जपाली) नै हालसम्म नेपालको लागि उपयुक्त हुने देखिएको छ । अन्य देशबाट महंगोमा गाईहरु किनेर ल्याउनुभन्दा नेपालमा भएका माउ गाईलाई नै उन्नत नश्लको वीर्य ल्याएर राम्रो पालनपोषण गरी उन्नत बनाउँदै लगेमा नेपाली भूमि तथा हावापानी अनुकुल हुनेमा कसैको पनि दुईमत नहोला । – डा. खगेन्द्रराज सापकोटा

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७२