शुक्रबार, बैशाख ७, २०८१

रासायनिक मलको अध्ययन भारतीय कम्पनीले गर्ने

काठमाडौं,२१ भाद्र । बढ्दो रासायनिक मलको अभावलाई न्यूनिकरण गर्नका लागि सरकारले प्रांगारिक मल कारखाना स्थापना गर्नका लागि अनुदानको व्यवस्था गरेको भएपनि सोच अनुरुप प्रतिफल प्राप्त गर्न सकेको छैन । जसका कारण नेपालमा नै रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने कम्पनीकोहरुको छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । रासायनिक मल कारखाना उत्पादनका लागि सम्भाव्य अध्ययनका लागि भारतका दुइृ कम्पनीहरु मात्र अन्तिम प्रतिष्पर्धामा रहेको लगानी बोर्डले जनाएको छ ।
सरकारले गत आर्थिक बर्षदेखि रासायनिक मल उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । अध्ययन सहित मल कारखानाको निर्माण शुरु हुन दुईदेखि अढाई बर्ष लाग्ने बोर्डले जनाएको छ । झण्डै १ खर्व ४० अर्व रुपैयाँको लागत अनुमान गरिएको मल उद्योग स्थापनाका हुने ठाउँ, वास्तविक लागत र सवै प्राविधिक पक्ष सम्भाव्यता अध्ययनबाट टुङ्गो लाग्ने छ । भारतबाट बर्षेनी अर्बौंको रासायनिक मल आयात गर्नु परेकाले नेपालमा नै उद्योग खोल्ने योजना बनाइएको जनाइएको छ ।

प्रकाशित मिति: सोमवार, भदौ २१, २०७२