शुक्रबार, बैशाख ७, २०८१

जुम्लामा सय क्विन्टल लसुन उत्पादन

हुम्ला, २० भाद्र । जिल्लाको स्याडा गाविसमा यस वर्ष एक सय क्विन्टल लसुन उत्पादन भएको छ । सदरमुकाम सिमीकोट बजारको मूल्यअनुसार यो उत्पादनको मूल्य रु १५ लाखबराबर हुन्छ । यहाँ प्रत्येक घर परिवारले लसुन उत्पादन गर्छन् ।
साँता, याँगु, खोल्सी, घिगा, घारापोरी, च्यादुक, सिमीकोट, केर्मी, मुचु  लगायतका गाउँका किसान उत्पादन गरिएको लसुन बिक्रीका लागि चीनको ताक्लाकोट बजारसम्म जाने गरेका  स्याडागाउँका किसान मानबअहादुर बुढाले बताए ।

प्रकाशित मिति: आइतवार, भदौ २०, २०७२