रौतहट, १८ भाद्र । देशका विभिन्न जिल्लामा किसानहरुले मलको अभाव खेपिरहेका बेला रौतहटका किसानहरुल्े पनि विगत एक सातादेखि रासायनिक मल पाउन सकेका छैनन् ।
लगातारको बन्दले मल आपूर्ति नहुँदा यहाँ रासायनिक मलको सङ्कट भएको हो ।
वर्षा नभएर ढिलो गरी धान रोपेका कृषक समयमा रासायनिक मल नपाएपछि धान उत्पादन घट्ने हो कि भन्ने चिन्तामा परेका छन् । “मलको अभावमा यो वर्ष लगानीसमेत डुब्ने चिन्ता बढ्यो” – चन्द्रपुर नगरपालिका– १२ का कृषक रमण पोख्रेलले बताए ।
धान खेतमा मल छर्न ढिलाइ भएर पोख्रेल मात्र होइन अरु कृषक पनि चिन्तित छन् ।
कृषि सामग्री संस्थान र निजी क्षेत्रका कृषि सहकारी संस्थामा यसअघि आएको मल सकिसकेको छ । बन्दका कारण थप ल्याउन सकिएको छैन । मलको खोजीमा जाने कृषक रित्तो गोदाम हेरेर फर्कन बाध्य छन् ।
Add Comment