शनिबार, बैशाख ८, २०८१

पूर्वी तराईमा मल आएन

विराटनगर, १८ भाद्र । पूर्वी तराईका जिल्लामा रासायनिक मलको अभाव हुन थालेको छ ।
संयुक्त मधेसी मोर्चा र थरुहट मोर्चाको लगातार तीन सातादेखिको बन्दका कारण रासायनिक मलको ढुवानी हुन नसकेर मलको अभाव भएको हो । पूर्वी तराईका सिरहा, सप्तरी, सुनसरी र झापामा मलको अभाव देखिएको विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रीय कृषि सामाग्री कम्पनीले जनाएको छ ।
कार्यालयमा अहिले पनि ६०० मेट्रिकटन युरिया मल मौज्दात भएपनि अभाव भएका ती जिल्लामा हडताल भइरहेका कारण मल पु¥याउन नसकिएको कार्यालयका प्रमुख अजयकुमार श्रीवास्तवले बताएका छन् ।
विराटनगर भन्सार नाका भएर भित्रिने रासायनिक मलका गाडी हडतालका कारण आउन नसकेको बताइएको छ । यस वर्ष समयमा पर्याप्त वर्षा नभएको र धानवालीलाई चाहिने मल पनि समयमा उपलब्ध नभएको हुँदा धान उत्पादनमा ¥हास आउने अनुमान गर्न थालिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७२