बिहिबार, बैशाख १३, २०८१

एक लाख मेटन रासायनिक मल बाटोमा

काठमाडौँ, १७ भाद्र । कृषि विकास मन्त्रालयले एक लाख सात हजार मेट्रिक टन रसायनिक मल मार्गस्थलमा रहेको जनाएको छ । कृषि सामग्री कंलि र साल्ट्र टे«डिङ कर्पारेसन लिबाट खरिद व्यवस्था भएको सो परिमाणको मल देशका विभिन्न स्थानमा भएका बन्दहडतालका कारण मुलुकभित्र प्रवेश गर्न नसकेको सचिव उत्तमकुमार भट्टराईले जानकारी दिनुभयो । कुल २३ हजार ४५५ रासायनिक मल अहिले मौज्दात रहेको कृषि विकास मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
मुलुकका विभिन्न भागमा यातायातमा अवरोध उत्पन्न भई मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विकास क्षेत्र तथा अन्य केही स्थानमा आपूर्ति अपर्याप्त भएको छ । देशमा शान्ति सुरक्षा कायम भई यातायात सञ्चालन हुन सकेका खण्डमा पर्याप्त मल आपूर्ति गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ १७, २०७२