मङ्लबार, बैशाख ४, २०८१

धानखेती मास्दै पोखरी बनाउँदै

गुलरिया १६ भाद्र । अन्नको भण्डार मानिने बर्दियामा धानखेतीभन्दा दोब्बर आम्दानी हुन थालेपछि कृषकले व्यावसायिक माछापालनलाई अघि बढाउन थालेका छन् ।
थोरै लगानी, कम मेहनत र छोटो समयमा धेरै आम्दानी हुने भएपछि जिल्लाको सोरहवाका कृषक माछापालनप्रति आकर्षित भएका हुन् ।
जिल्लामा हाल ३८० हेक्टरमा व्यावसायिक माछापालन गरिएको छ । तथ्याङ्कअनुसार गत वर्ष जिल्लामा एक हजार २८ टन माछा उत्पादन भएको थियो ।
जिल्ला कृषि विकास कार्यालयले आव २०६४÷६५ मा सोरहवा गाविसमा मात्रै १५५ हेक्टरमा २७० पोखरी निमार्णगरी व्यावसायिक माछापालन गरिएको जनाएको छ । त्यसबाहेक पनि ७० हेक्टरमा फैलिएको बढैयामा माछाखेती भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७२