शुक्रबार, चैत्र १६, २०८०

तरकारी उत्पादन गर्न चौबिस लाख अनुदान

इलाम, १४ भाद्र । जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत ६० जना युवालाई रु २४ लाख अनुदान दिइने भएको छ ।
बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार दिलाउने उद्देश्यका साथ तरकारीखेती व्यवसाय सञ्चालन गर्न अनुदान दिइने भएको हो ।
युवालाई आलु, अदुवा, अलँैची, इस्कुस, प्याजखेती तथा मुला, बन्दागोभी, काउलीलगायतका तरकारी व्यवसाय गर्न चाहने युवालाई रु ४० हजारको दरले अनुदान उपलब्ध गराउने भएको हो ।
अनुदानका लागि जिल्ला कषि विकास कार्यालय तथा विभिन्न कृषि सेवा केन्द्रमार्फत ७०० जनाको निवेदन परेको बागवानी विकास अधिकृत जीवन आचार्यले बताएका छन् । अनुदानका लागि परेका निवेदनलाई आवश्यक कागजात तथा अनुगमन गरेर युवालाई छनोट गरिने उनले बताए ।

प्रकाशित मिति: सोमवार, भदौ १४, २०७२