बिहिबार, चैत्र १५, २०८०

तरकारीको मूल्य चर्कियो

उदयपुर, १४ भाद्र । थारू संघर्षसमिति र मधेशवादी दलहरूले गरेको दुई साताभन्दा लामो बन्दका कारण दैनिक ज्यालादारी गरी खाने यातायात मजदुर, रिक्सा चालक, ठेला गाढा आदि सञ्चालन गरी बिहान बेलुकाको खर्च जुटाउनेहरू मर्कामा परेका छन् । उपभोग्य वस्तु तथा तरकारीको मूल्य आकासिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा निम्न आय भएका सर्वसाधारण उपभोक्तालाई बिहान बेलुकाको छाक टार्न निकै कठिन हुने गरेको छ । vegetable

बन्दका कारण साइकल र मोटरसाइकलमा तराईतिरका जिल्लाबाट तरकारी ढुवानी गरी ल्याउनु परेको भन्दै तरकारी व्यापारीले अत्यधिक मूल्य वृद्धि गरेपछि आपूmहरूले सञ्चित गरेर राखेको अलिअलि पैसा पनि महँगो उपभोग्य वस्तु किन्दै सकिन लागेको भन्दै रिक्सा चाककहरु चिन्ता गर्न थालेका छन्।  चार छाक भात खान पुग्ने चामल किन्ने पैसा खर्च गर्दा पनि एक छाक तरकारी नआएपछि आपूmहरूले नुन खोर्सानीको भरमा मात्रै बिहान बेलुकाको छाक टार्ने गरेको उनीहरको भनाई छ ।

त्यसै पनि अहिलेको समय तरकारी अभाव हुने भएकोले मूल्य स्थिर रहन नसक्ने अवस्थामा बन्दका कारण उपभोक्ताको अर्थिक पहुचभन्दा अत्यधिक धेरै मात्रामा मूल्य वृिद्व भएपछि बजारमा पाइने राम्रा, ताजा र मिठा तरकारी सर्वसाधारण गरिबको भान्साबाट टाढा हुन पुगेको हो ।
गाईघाट बजारमा काउली प्रतिकिलो १७०, टमाटर १४०, बन्दा १२०, रातो आलु ७०, तोरीको साग प्रतिकेजी एक सय, तरुल ७०, बैगुन ९० र मूला ८० रुपियाँ रहेको छ । यसैगरी, प्रतिकिलो बोडी १६०, पर्बल १४०, रायोको साग एक सय रुपियाँ, लट्टेको साग ८०, प्याज १६०, लसुन २२० र अदुवा दुई सय रुपियाँ रहेको छ ।

प्रकाशित मिति: सोमवार, भदौ १४, २०७२