आइतवार, फाल्गुन २०, २०८०

डिजिटल कृषि मानचित्र र अनुदान

कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् । कृषि भनेको अशिक्षितहरुले मात्र अपनाउने पेशाका रुपमा लिने नेपाली समाजमा शिक्षित र त्यसमा पनि युवा पुस्ताको लगावले गर्दा नेपाली कृषि क्षेत्रले फड्को मार्ने देखिन्छ ।Hima swasti paudel

तथापी कृषि क्षेत्रलाई हेने दृष्टिकोणमा परिवर्तन नभएसम्म त्यसले कुनै सार्थक रुपम लिन सक्ने भने देखिँदैन । नेपाली समाज विगत र वर्तमानलाई अड्कलबाजी नै नलगाई भविष्यको खोजी गरिरहेकाले त्यसबाट हुन सक्ने सम्भावित घटनाहरुलाई पनि आंकलन गर्नु आजको आवश्यकता हो । यहि सेरोफेरोबाट हेर्ने हो भने कृषि क्षेत्रलाई प्रविधियुक्त बनाउनु आवश्यक छ । प्रविधि विना कृषि क्षेत्रको आमूल परिवर्तन गर्न खोज्यो भने त्यसले सफलता हासिल गर्न सक्दैन । यसका लागि पनि आम सरोकारवालाहरुले गहिरिएर चिन्तन गर्नु पर्ने बेला आइको छ ।
विगतमा भन्दा पछिल्ला समयमा कृषि क्षेत्रको विकास अत्यन्तै दू्रत हिसावले भएको जस्तो देखिन्छ तर, तथ्यांक हेर्ने हो भने हामी जहाँको त्यही नै छौं । कृषिको विकास भनेको लगानीमा जोडेर हेर्ने होइन, लगानीबाट आएको प्रतिफललाई हेरिनु पर्दछ । कृषिमा अहिले विभिन्न दातृनिकायहरुको अरबौं लगानी गरिरहेको देखिन्छ तर प्रतिफल हेर्ने हो भने सोचे अनुरुपको पाउन सकिँदैन । कृषिमा आएका प्रविधिहरुलाई विस्तार गर्ने हो भने हामी कृषिमा ठूलो परिवर्तन गर्न सक्ने सम्भावनालाई नकार्न सक्दैनौ ।
यद्यपी अहिले हामीले नेपाली किसानलाई प्रविधि मैत्री बनाउन सकेका छौं त ? यदि सकेको छैनौ भने हामीले ती किसानबाट कस्तो परिवर्तन खोजिरहेका छौं ? हुन त सरकारी तथा गैरसरकारी निकायहरुले कृषि विकासका लागि गरेका कार्यहरुलाई हामीले आत्मसात नगरेसम्म फड्को मार्न सकिँदैन तर त्यही कुरालाई अति दूरदर्शि र पारदर्शि भएर सोच्ने हो भने त्यसले धेरै प्रतिफल दिन सक्छ कि भन्ने अन्दाज गर्न भने सकिन्छ । किसानहरुलाई प्रविधियुक्र बनाउनका लागि कृषि विकास मन्त्रालयसँग सहकार्यमा विभिन्न संस्थाहरुले मौसम विवरण, किसानका समस्या समाधान गर्न टोलफ्रि नम्वर, एस.एम.एम सेवा लगायतहरु सञ्चालनमा ल्याएका पनि छन् । ती सेवाहरुले किसानहरुमा कत्तिको प्रभाव परेको छ भन्ने कुरालाई अलि प्रभावकारी ढंगले हर्ने जमर्कौ गरेका छौं कि छैनौ त ? अहिले त्यही सेरोफेरोमा डिजिटल कृषि मानचित्र(एटलास) को शुरुवात भएको छ । जसले विगतका बर्षहरुमा कृषि क्षेत्रमा भएका उत्पादनको तथ्यांक के कति थियो भन्ने कुरालाई सहज रुपमा थाहा पाउन सक्ने बनाइएको छ । उदाहरणका लागि २०७० सालमा काठमाडौं जिल्लामा कुन कुन बस्तु तथा बाली के कति मात्रामा उत्पादन भयो भन्ने कुरा सो मानचित्र मार्फत हेर्न सकिने बनाइएको छ । जसले कृषिमा केही जान्न खोज्नेहरुका लागि ठूलो महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । कुरो रह्यो यतिले नेपाली कृषि क्षेत्र प्रविधियुक्त भयो त ? आम नागरिकले चासो लिने विषय भनेको यही मात्र हो ? वा यो मानचित्रसँग के के जोड्न सकिन्थ्यो होला ? हामीले त्यसतर्फ गहिरिनु आवश्यक छ ।
कृषि विकास मन्त्रालय र इसिमोडले शुभारम्भ गरेको डिजिटल कृषि मानचित्रले प्रत्येक जिल्लाका कृषि तथा पशु क्षेत्रको विस्तृत विवरण बुझ्न र जान्न त सकिन्छ यो अत्यन्तै सुखद कुरा हो त्योसँग कृषि विकास मन्त्रालय तथा अन्य दातृ निकायहरुले कृषि क्षेत्रमा गरेको लगानीलाई पनि सो मानचित्रमा जोड्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो कि ?
तैपनि भर्खरै शुरु भएको सो मानचित्रमा नेपालमा कृषिमा काम गरिरहेका कुन आयोजनाले कुन जिल्लामा के का लागि कति लगानी र कुन संस्था वा समूह मार्फत गरिरहेको छ भन्ने कुरालाई पनि समेट्न सकिएको भए सायद डिजिटल कृषि मानचित्र अझै प्रभावकारी र महत्वपूर्ण दस्ताबेजका रुपमा रहन सक्थयो कि ? मानचित्र शुभारम्भभएको छ । मानचित्रलाई कृषि तथा पशुबाली उत्पादनको तथ्यांकलाई मात्र समाबेश नगरी नेपाली कृषि क्षेत्रमा गरिएको लगानी पनि राख्ने तर्फ कृषि विकास मन्त्रालय र इसिमोडले पहल गर्ने हो भने मानचित्र अत्यन्तै सान्दर्भिक र महत्वपूणृ हुन्थ्यो  । –  हिमा (स्वस्ती) पौडेल

प्रकाशित मिति: आइतवार, भदौ १३, २०७२