शुक्रबार, बैशाख ७, २०८१

एउटै जिल्लामा ३ करोड ७४ लाख अनुदान

झापा १३, भाद्र । जिल्ला कृषि विकास कार्यालयबाट झापाका किसानले आव ०७१/७२ मा ३ करोड ७४ लाख ९९ हजार विभिन्न शीर्षकमा अनुदान पाएका छन् । ०७०/७१ को तुलनामा गत वर्ष दोब्बर बढी किसानले अनुदान रकम पाएको कृषि विकास कार्यालयका बाली प्राविधिक शालिकराम भट्टराईले बताए । युवा जनशक्तिलाई कृषिमा आकर्षण गरी मुलुकभित्रै स्वरोजगार बनाउने उद्देश्यले सरकारले अनुदान रकम वितरण गरेको हो ।गत आवमा च्याउखेतीमा ८० जनाले, साना सिँचाइ आयोजनामा ८१, मौरीपालनमा ४०, माछापालनमा ४ र व्यावसायिक तरकारी खेतीमा १ सयभन्दा बढी निवेदन परेकामा ६० जनाले अनुदान पाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार च्याउखेती किसानले प्रतिव्यक्ति ४० हजारका दरले रकम पाएका छन् ।

प्रकाशित मिति: आइतवार, भदौ १३, २०७२