शुक्रबार, चैत्र १६, २०८०

मिल्क होलिडे हुन नदिन प्रतिबद्धता

काठमाडौं,११ भाद्र नेपाली किसानले उत्पादन गरेको दुध खेर जान नदिन मिल्क होलिडे कुनै पनि हालतमा हुन नदिन कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले प्रतिबद्धता जनाएका छन् । अहिले विभिन्न कारणले किसानको दुध खपतमा आएको कमी र त्यसले हुन सक्ने मिल्क होलिडे रोक्न सरकारले भएसम्मको सबै प्रयास गर्ने कृषि सचिव भट्टराईको भनाइ छ ।
उनले दुध र दुधजन्य पदार्थको खपतमा कमी आउनु पनि मिल्क होलिडेका कारण भएको भन्दै उनले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने गरी दुधजन्य पदार्थको उत्पादनमा जोड दिँदै तिनखम्बे नीतिलाई अलम्बन गरे अहिलेको मिल्क होलिडेलाई रोक्न सकिने बताए ।
दुग्ध विकास बोर्डका प्रमुख बाबुकाजी पन्तले निजी क्षेत्रको उद्योगीहरूलाई बचाउन पहल गर्न‘पर्नेमा जोड दिँदै भारतसँग दुध बिक्री गर्न सके अहिलेको मिल्क होलिडे रोक्न सकिने धारणा राखे । सरकारले अनुदान दिएर भएर पनि भारतलाई दुध बेच्न सके मिल्क होलिडे कम गर्न सकिने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७२