शनिबार, बैशाख ८, २०८१

बढ्दै पशुपालन व्यवसाय

झापा ८ भाद्र । मासु र दुग्धजन्य पदार्थको मूल्य महँगिँदै गएपछि झापामा दिनानुदिन पशुपालन व्यवसाय फस्टाउँदै गएको छ ।
पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रदेखि सहर बजारसम्मका कृषकले एकीकृत पशुपालन व्यवसाय सुरु गरेका छन् । पशुपालक कृषकका लागि सरकारले अनुदान रकमसमेत उपलब्ध गराउन थालेसँगै पशु पाल्ने कृषकको सङ्ख्या बढेर गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
विदेश जाने सोच बनाएकाहरु पनि विदेशबाट फर्केकाहरु पशुपालन तर्फ लागेपछि आफ्नै देशमा पशुपालन गरी स्वरोजगारीका लागि क्रियाशील भईरहेका देखिन्छन् ।

प्रकाशित मिति: मङ्लबार, भदौ ८, २०७२