शुक्रबार, बैशाख ७, २०८१

धानको सट्टा जैविक तरकारी

रुपन्देही, ८ भाद्र । यसपटक खडेरीका कारण धान उत्पादनमा कमी आउने धान विज्ञहरुले बताएपनि किसानहरुले नै धान उत्पादन छाडेर तरकारी खेती गर्न थालेपछि स्वत ः रुपमा धान उत्पादन घट्ने देखिएको छ । रूपन्देहीको देवदह–७, सरङटारीका किसानहरुले धानको सट्टा जैविक तरकारी खेती गरी प्रशस्त आम्दानी लिन थालेका छन् ।
धान रोप्ने खेतमा बेमौसमी तरकारी खेती गरी किसानले मनग्य आम्दानी लिन सफल भएका हुन् । जिल्लाको यो सरङटारी गाउँ जैविक तरकारी खेतीका लागि जिल्लामै नमुना मानिन्छ । त्यहाँ उत्पादन हुने तरकारी खरिदका लागि व्यवसायी गाउँमै पुग्ने भएकाले कृषक निकै उत्साहित देखिएका छन् ।
धान रोप्ने खेतमा अहिले तरकारीका रूपमा बोडी, करेला, भिन्डी, घिरौला लगायतका तरकारी लगाउत थालिएको छ । धान रोपेर त्यसबाट आउने आम्दानीभन्दा तरकारी खेतीबाट बढी आम्दानी हुने भएकाले तरकारी खेती गरिएको हो ।

प्रकाशित मिति: मङ्लबार, भदौ ८, २०७२