आइतवार, जेष्ठ १३, २०८१

राष्ट्रिय वाणिज्य वैंकको २७ करोड लगानी

काठमाडौं,७ । परम्परागत रुपका कृषि खेती भईरहेको भएपनि त्यसलाई खासै रुपमा व्यवसायिक बनाउन सकिएको छैन । कृषि क्षेत्रमा लगानी बढ्न नसक्दा कृषि उत्पादन बृद्धि हुन नसकेको हो भन्ने ठम्याई कृषि विज्ञहरु कै रहेको छ । तर कृषिमा लगानी गर्ने आकर्षण अझै पनि बढ्न नसक्नुले नेपाली कृषि क्षेत्रको विकास अझै केही पर धकेलिएको छ भन्दा फरक नपर्ला ? कृषि क्षेत्रमा लगानी बढाउने उदेश्य अनुसार नै सरकारले कृषि ऋणलाई सहज मात्र बनाएको छैन । rbb

कृषि ऋणका लागि ब्याजदर समेत तोकिदिएको छ । कृषि क्षेत्रका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरिएको भएपनि राष्ट्रिय वाणिज्य वैकले भने ५ प्रतिशतमा कृषि ऋण उपलब्ध गराउँदै आईरहेको बताएको छ ।  राष्ट्रिय बाणिज्य वैकले हालसम्म कृषि कर्जाका रुपमा २७ करोड ८४ लाख ऋण करीव २ सयम कृषि व्यवसायीहरुलाई उपलब्ध गराएको जनाएको छ । सो वैकले कृषि क्षेत्रमा आफ्नो लगानी बृद्धि गर्नका लागि कृषि तथा सामाजिक वैंकिङ्ग विभाग नै स्थापना गरेर कृषि ऋण प्रवाह गरिरहेको कृषिलाई जानकारी दिएको छ ।  ३ सय भन्दा बढी व्यक्तिहरुलाई उपलब्ध गराएको सो ऋण पर्याप्त भएको भएपनि ५ प्रतिशतमा ऋण उपलब्ध गराउन सकेकोमा भने वैंक सामाजिक उत्तरदायित्व प्रति बफादार भएको विभागका कर्मचारी बताउँछन् ।

प्रकाशित मिति: सोमवार, भदौ ७, २०७२