काठमाडौं । किसानहरुले उत्पादन गरेको दूध मिल्क होलिडे होला कि भन्ने चिन्तामा कृषि विकास मन्त्रालय छ । मिल्क होलिडे कुनै हालतमा पनि हुनु हुन्न भन्ने सोचमा लागेका उपप्रधान तथा कृषि मन्त्री बामदेव गौतमले केही दिन अगाडि मात्र पशु सेवा विभागले आयोजना गरेको विभागस्तरीय बार्षिक समिक्षा गोष्ठिलाई सम्वोधन गर्दै कुनै हालतमा पनि मिल्क होलिडे हुन दिन्न भने । मिल्क होलिडे हुन नदिन भारतबाट धूलो दूध आयात रोक्नका लागि उनले दुग्ध विकास संस्थानलाई निर्देशन पनि दिए ।
तर कृषि मन्त्री बामदेव गौतमले दिएको निर्देशनलाई लत्याउँदै दुग्ध विकास संस्थान आफै मिल्क होलिडेको अवस्था सृजना गर्न तर्फ उत्प्रेरित भएको छ । यतिखेर प्रदेश तथा सिमांकनका विवादलाई लिएर मुलुकका विभिन्न ठाउँमा बन्द भएपछि किसानले उत्पादन गरेको दूध निजी क्षेत्रले संकलन गरिरहेको भएपनि सरकारी स्वामित्वको डिडिसीले दूध लिन छाडेको छ । बन्दको समस्या देखाएर निजी क्षेत्रले दूध संकलन नगरेपनि सरकारी संस्थानले किसानको दूध संकलन गर्नु पर्ने ठाउँमा उल्टै बन्दको समस्या देखाएर दूध नउठाउनु मिल्क होलिडे बनाउने तर्फ लागेको देखिन्छ ।
चितवनमा मात्र मात्र दैनिक डेढ लाख लिटर दूध उत्पादन हुँदै आईरहेको छ । त्यति ठूलो परिणाममा दुध उत्पादन हुने ठाउँबाट दूध विकास संस्थानले दूध नउठाएपछि यो वा त्यो नाममा संस्थानले मिल्क होलडे शुरु गरेको किसानहरुको आरोप छ । यो कार्यमा दुग्ध विकास सस्थानका महाप्रवन्धक आफै लागिरहेको चितवनका दुग्ध उत्पादक किसानहरुले आरोप लगाएका छन् । चितवनमा रहेको नेपालको सवैभन्दा ठूलो दूध प्रशोधन कारखाना चितवन मिल्कलाई बन्द गराएर भारतबाट धूलो दूध आयात गर्नदत्तचित्त रहेका महाप्रवन्धक गंगा प्रसाद तिमल्सेना यही मौकामा कमाउ धन्दा तर्फ लागेका कारण किसान मारमा परेका हुन् । दुग्ध उत्पादन कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्यूरेका अनुसार दुग्ध विकास संस्थान किसानका विपक्षमा उभिएको बताए ।
केही समय पछाडि सरकार परिवर्तन हुने करीव पक्का पक्की भएपछि महाप्रवन्ध पद धरापमा पर्ने भएकाले कमाउ धन्दामा लागेका तिमल्सेना कृषि मन्त्री बामदेव गौतमको निर्देशनलाई समेत लत्याउन लागि परेका देखिन्छन् ।
मिल्क होलिड बनाउने षडयन्त्रमा दुग्ध विकास संस्थान

Add Comment