शनिबार, बैशाख ८, २०८१

सुनसरीमा धान रोपाई सम्पन्न

 इनरुवा,६ भाद्र । सुनसरी जिल्लामा धान रोपाई कार्य सम्पन्न भएको छ । जिल्लामा कुल ५३,५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यस वर्ष करीब ५२,००० हेक्टरमा मात्र धान लगाईएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । पूर्बी तराईमा मनसुन ढिलो सकृय भई पानी समयमा नपरेको कारणले धान रोपाई गत वर्षको भन्दा करीब ३ प्रतिशतले कम हुन गएको हो । जिल्लामा लगाइने बर्षे धानका मुख्य जातहरुमा राधा १२, मन्सुली, सोना मन्सुली, स्वर्णा सब–१, रन्जीत तथा केही हाइब्रिड जातको धानकोे खेती हुने गरेको कार्यालयका वाली विकास अधिकृत सुदिप रेग्मीले बताए । उल्लेखित जातहरु मध्ये राधा–१२ जातको धानको उत्पादकत्व प्रति हेक्टर ३.५–४.५ मे.टन÷हेक्टर रहेकोले यस जातको खेती जिल्लामा सबैभन्दा बढी हुने गरेको छ । स्थानीय जातमा करिया कामत, लल्का बासमती आदि प्रचलनमा रहेका छन । स्थानिय जातको प्रबद्र्धन गर्न आ.व २०७१÷०७२ देखि जिल्लामा “मसिना तथा वासनादार धान उत्पादन कार्यक्रम” संचालनमा रहेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा.रवीन्द्रनाथ चौबेले बताए ।
गुणस्तर बिउको उत्पादन कार्यलाई अगाडी बढाउन कार्यालयले बीज बृदि समूह मार्फत जिल्लामा धान र गहँुमा बीज बृद्धि कार्यक्रम समेत संचालन गर्दै आएको छ । आ.व २०७१÷०७२ मा जिल्ला कृषि विकास कार्यालयका सुनसरीले वर्षे धानमा ९० हेक्टर क्षेत्रफलमा बीज वृदि कार्यक्रम संचालन गरेको छ । समयमा पानी नपरेता पनि सुनसरी मोरङ सिचाइं आयोजनाबाट निर्माण गरिएको नहर, कृषि विकास कार्यालयका सुनसरीबाट संचालित साना सिचांई कार्यक्रम र कृषकहरुको आफ्नो प्रयासबाट गरिएको सिंचाई प्रविधिबाट गतवर्ष भन्दा तुलनात्मक रुपमा धानको उत्पादन बढ्ने कार्यालयको अनुमान छ ।

प्रकाशित मिति: आइतवार, भदौ ६, २०७२