शनिबार, बैशाख ८, २०८१

प्राङ्गरिक उत्पादनमा कोरियाली राजदूतको जोड

काठमाडौँ, ३ भदौ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चो योङ जिनले प्रविधिका क्षेत्रमा विकास भएका औजार तथा उपकरणलाई उपयोग गरी प्राङ्गरिक खेती गर्न तथा मानव उपयोगी उत्पादन वृद्धि गर्न सुझाव दिएका छन् । कोरियास्थित चोनबुक राष्ट्रिय विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै कोरियाली राजदूत चोनबुकले सो कुरा बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले नेपालमा प्राङ्गरिक उत्पादनका क्षेत्रमा गहिरो अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिइएका छन् ।
कार्यक्रममा वक्ताले प्राङ्गरिक खेतीका लागि आवश्यक पाठ्यक्रमको विकास गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।
विश्वविद्यालयका उपकुलपति डा रामकुमार माकजु श्रेष्ठले विश्वविद्यालयमा प्राङ्गरिक उत्पादनसम्बन्धी शैक्षिक पठनपाठनका लागि विभिन्न समयमा कोरियाली सरकारले उपलब्ध गराएको सहयोगको सराहना गर्दै स्वस्थ्य जीवनका लागि प्राङ्गरिक उत्पादनको माग विश्व बजारमा बढ्दै गएको बताएका थिए । कार्यक्रममा अर्का वक्ता कोरियास्थित चोनबुक राष्ट्रिय विश्वविद्यालयका प्रा वायुङ टेक ओले प्राङ्गरिक खेतीका कारण माटोको गुणस्तरमा सुधार तथा त्यस्ता उत्पादनमा हुने क्याल्सियमलगायत पौष्टिक तत्वले मानव स्वास्थ्यमा फाइदा पु¥याउने हुँदा प्राङ्गरिक उत्पादनमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति: बिहिबार, भदौ ३, २०७२